• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा एक जना मृत अवस्थामा फेला




दाङ, १० फागुन । दाङमा एक किशोर मृत अवस्थामा फेला परेका छन्।

पश्चिम दाङको शान्तिनगर गाउँपालिका १ आग्रानेटा निवासी १७ बर्षीय प्रमोद डाँगी शान्तिनगर ५ रगैंजा नजिकै नालामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मान वहादुर विसीले जानकारी दिनुभएको छ ।

मंगलबार रगैंजामा रहेको फुपुको घरमा जन्मदिनको पार्टीमा गएर गयराति साढे ९ बजेको समयमा घर फर्केका डाँगी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

Facebook Comments