• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामुदायिक विद्यालयको गुणस्तर बढाउन ध्यान दिनुपर्ने




घाेराही, १० माघ । सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर बढाउन सबै सराेकारवालाहरूले ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

श्री भूमि आधारभूत विद्यालय घाेराही १९ बाम्लाकाे वार्षिकोत्सब समाराेहका वक्ताहरू सामुदायिक विद्यालयकाे भाैतिक तथा शैक्षिक गुणस्तर बढाउन राज्यले लगानी बढाउन आवश्यक भएकाे बताएका हुन् । उनीहरूले ग्रामीण क्षेत्रका विद्यालयहरूकाे सुधारका लागि विशेष शैक्षिक प्याकेज ल्याउनुपर्ने आवश्यक ओैंल्याए ।

विद्यालय व्यवस्था समितिका अध्यक्ष जंग राेकाकाे अध्यक्षता एवम् १९ नं वडा अध्यक्ष ज्ञानबहादुर रायमाझीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा श्री आधारभूत विद्यालय मर्पेशका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलदेव मल्ल, भगवती मावि हाेडवाङका प्रअ देवीबहादुरी घर्ती, महेन्द्र मावि स्यूजाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदन घर्ती, घाेराही १९ का वडा सदस्य खड्गबहादुर घर्ती, प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्मा, अखिल (क्रान्तिकारी) दाङका संयाेजक गिरबहादुर महरा, अखिल (क्रान्तिकारी) घाेराही नगर अध्यक्ष हिमाल महरा, नेपाल लेखापढी कानुन व्यवसायी समितिका सदस्य अर्जुन पन्थी, पूर्व प्रअ जीवन खनाल, नाेटबहादुर पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियाे ।

शिक्षक पूर्णबहादुर डाँगीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन शिक्षक तिलक बुढाथोकीले गर्नुभएको थियाे । कार्यक्रममा उत्कृष्ट विद्यार्थी, खेलमा विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएकाे थियाे ।

 

Facebook Comments