• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र राप्ती गाउँपालिकाको वैचारिक–राजनीतिक प्रशिक्षण




घोराही, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँ कमिटीको आयोजनामा आज मंगलबार राप्ती– २ लालमटियाको महिला भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

राप्ती गाउँपालिका कमिटीका अध्यक्ष नारायण शर्माको अध्यक्षता एवं पार्टीका स्थायी कमिटी सदस्य कूलप्रसाद केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि केसी, पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु, पार्टी केन्द्रीय अनुशासन आयोगका सदस्य लुमबहादुर कार्की, पार्टीका लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारी लगायतले प्रशिक्षण दिनुभएको थियो ।No description available.

कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका कमिटीका सचिव तुला गिरीले गर्नुभएको हो ।

Facebook Comments