• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न




घोराही ७ फागुन। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा घोराहीमा पत्रकार तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा घोराहीको उपमहानगरपालिकाको आर्थिक सहयोगमा फुटबल प्रतियोगिता सम्पन्न भएको हो । महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुखमा हुमा डिसीको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम गरी मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गरिएको हो ।

उपमहानगरपालिकाका कर्मचारी र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ६-४ गोल अन्तरले पत्रकारको समूह पराजित भएको छ । खेलमा कर्मचारीका तर्फबाट किरण
महतराले २, मोहनसिंह सुनारले २ र थानिस शर्माले १ गोल गर्नुभएको थियो भने पत्रकारको समुहले एक आत्मघाती गोल गरेको थियो । यस्तै पत्रकारका तर्फबाट सविन प्रियासन, सुशील नेपाली, सिसिर पुन र सुशील चौधरीले १/१ गोल गर्नुभएको थियो ।।

Facebook Comments