• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यान बनगाडमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने 




नबिन पि.एम.
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि फागुन ११ गतेबाट सूरु हुने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छनौटका खेलहरु फागुन ११ गते देखि १३ गते सम्म हुने भएको होे ।

बनगाड कुपिण्डे वडा नम्बर -१ स्थित श्री प्रभाकर मावि देवस्थलमा छनोट खेलहरु सञ्चालन हुने नगर शिक्षा शाखा प्रमुख धुर्वा कुमारी थापाले बताउनुभयो । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एथ्लेटिक्सतर्फत दौड, फ्याक्ने, हाइजम्प, लंगजम्प, त्रिपजम्प, ज्याभेलिंग थ्रो, सटफुट मार्सलआर्ट तर्फ कराते तेक्वान्दो लगायतका प्रतियोगिााहरु हुनेछन् । प्रतियोगिता छनोट खेलका लागि यहि फागुन ८ गते सम्म नगरपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखामा सहभागी दर्ताको लागि आबेदन आईपुग्नु पर्ने नगरपालिकाले जनाएको छ ।

रनिङ्ग शिल्डमा सहभागि विद्यालय तथा विद्यार्थीले पालना गर्नुपर्ने ७ वटा नियम बनाइएको र उक्त नियमहरु सबै खेलाडीले पालना गर्नु पर्ने शिक्षा शाखा प्रमुख
थापाले बताउनु भयो ।

Facebook Comments