घोराही, ४ फागुन । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले बैंकहरुको चर्को ब्याजदर, लघुवित्त र मिटरब्याजी विरुद्ध भोलि घोराहीमा बिरोध प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै भोलि दिउँसो घोराहीमा उक्त प्रदर्शन गर्न लागिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले आज बिहीबार एक हार्दिक निमन्त्रणा जारी गर्दै नेपालमा पछिल्लो समय बैंकहरुले ब्यवसायीहरुमा बैंकिङ आतंक नै मच्चाईरहेका बताएका छन् । उनले एकातिर व्यवसायीहरुको ब्यवसाय धरासायी भइराखेको र अर्कोतिर बैङ्कहरूले ब्याजदर बढाउदै लगेको हुँदा व्यावसायीहरूलाई सडकमा ल्याइपुर्याएको बताए ।
गाउँ-गाउँमा लघुवित्तको पनि त्यतिकै आतङ्क भएको र मिटर व्याजले कैयौँ मानिसलाई घरबारबिहिन बनाएको छ, उनले भने ।
सेक्रेटरी जनक सीले बैंकहरुको चर्को व्याजदर, लघुवित्त र मिटरब्याजीहरुको कारण जनताहरु घरबारविहिन हुनुपर्ने, आत्महत्या गर्नुपर्ने सम्मको अबस्था श्रृजना भएको बताउँदै सरकारलाई जनता र ब्याबसायीहरुको समस्याहरूमा कुनै सरोकार नभएको बताए ।
सेक्रेटरी जनक सीले हस्ताक्षरित गरिएको हार्दिक निमन्त्रणामा भनिएको छ – `हाम्रो पार्टीले देशब्यापी चर्को बैङ्किङ व्याजदर, लघुवित्त र मिटरब्याजको बिरुद्धमा संघर्षको आयोजना गरेको छ । त्यसै कार्यक्रम अन्तर्गत यहि २०७९ फाल्गुन ५ गते दिउँसो ०१:०० बजे दाङको घोराहीमा पनि बिरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ ।
यस बिरोध कार्यक्रममा सहभागी जनाइदिनुहुन उद्योगी, व्यावसायी, बुद्धिजिबी, नागरिक समाज, लघुवित्त पीडितहरु, मिटरब्याजी पिडितहरु सरोकारवाला सबै जनसमुदायहरुलाई हार्दिक अनुरोध गर्दछौ ।
´

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
