• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुक्ती माविको अभिभावक भेला सम्पन्न, विव्यस अध्यक्षमा: पुन 




नबिन पिएम
सल्यान, ४ फागुन । सल्यानको बनगाड कुपिन्डे नगरपालिका ३ औलबेशीमा रहेको मुक्ती माध्यमिक विद्यालयको २७ औ अभिभावक भेला सम्पन्न भएको छ । बुधबार ३ नम्बर वडाध्यक्ष धन बहादुर पुन र २ नम्बर वडाध्यक्ष मान बहादुर खत्रीको उपस्तिथिमा विद्यालयमा अभिभावक भेला भएको हो ।
अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति, तथा शिक्षक अभिभावक संघ गठन गरेको विद्यालयका प्रअ नोखराज बिएमले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेलाले टेक बहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।जसको सदस्यहरुमा ठेरो महतारा , नैनी पुन , धनसरा पुन, धने बुढा , लाली पुन , सदस्य सचिव विद्यालयका प्रधानाध्यापक नोखराज बिएम शिक्षक प्रतिनिधि अकवर बहादुर पुन र पदेन सदस्य वडा अध्यक्ष धन बहादुर पुन चयन भएको बताइएको छ।
त्यसैगरि तुल्सी पुनको संयोजकतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ ।

कार्यक्रममा बोल्दै ३ नम्बर वडा अध्यक्ष धन बहादुर पुनले गुणस्तरीय शिक्षाको लागि विद्यालयको समग्र विकासमा अभिभावकको अहम भूमिका हुने भएकोले विद्यालय प्रती चासो दिन अभिभावक लाई आग्रह गर्नुभयो । विद्यालय निर्माणमा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा प्रअको मात्र जिम्मेवारी नभए अभिभावकको बढी भूमिका हुनुपर्ने वताउनु भयो ।
कार्यक्रममा विद्यालयका लेखापाल वीर बहादुर पुनले विद्यालयको आय व्यय तथा विद्यालयको प्रगती विवरण प्रस्तुत गर्दै आगामी दिनमा आम सरोकारवालाहरुको सहयोगमा विद्यालय बनाउन सकिने कुरामा जोड दिनुभयो । निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर पुनकाे अध्यक्षतामा भेला सम्पन्न भएको थियो । शिक्षक अकबर बहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको संचालन बिधालयका प्रअ बिएमले गर्नुभएको थियो ।

Facebook Comments