• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवा गाउँपालिकाद्वारा तिन महिने निशुल्क कम्प्युटर तालिम




आलोक भावुक
गढवा, ४ फागुन । गढवा गाउँपालिका राेजगार सेवा केन्द्रद्वारा तिन महिने आधारभुत कम्प्युटर तालिमको बुधबार गढवा – २ पचहियामा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।
गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८०को कार्यक्रम अनुसार वडा नम्बर २ मा सञ्चालन हुने तिन महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन भएको गढवा गाउँपालिका रोजगार शाखा प्रमुख अशोक कुमार यादवले जानकारी दिनुभयो।

तालिममा गढवा गाउँपालिकाका वडा १,२ र ३ का विध्यार्थी, शिक्षक, सहकारीका कर्मचारी, महिला लाई लक्षित गरेर सञ्चालन गरिएता पनि तालिममा २३ महिला ,१७ पुरुषकाे सहभागीता रहेको छ जसमा ३ जना शारीरिक अपांगता भएका व्यक्तिको सहभागीता रहेको छ।
वुधवार गढवा गाउँपालिका वडा नम्बर – २का वडा अध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ को प्रमुख आतिथ्यमा तिन महिने निशुल्क कम्प्युटर तालिमको सुरुवात गरिएको छ ।


तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन गुणस्तरीय शिक्षाका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताउनु भयो। तालिममा मात्रै सिमित नगरी त्यसलाई व्यवाहारिक रुपमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह समेत अध्यक्ष पोख्रेलले गर्नु भयो । आजको युग भनेको विज्ञान र प्रविधिको युग हो त्यसैले कम्प्युटर शिक्षा अपरिहार्य भएको बताउदै अध्यक्ष पोख्रेलले विगतको तुलनामा टेक्नोलोजीले ठूलो फड्को मारेको भन्दै कम्प्युटरमा पछि पर्ने मान्छेले समय सापेक्ष प्रगती गर्न नसक्ने बताउनु भयो । आजको युग कम्तीमा पनि कम्प्युटरको आधारभुत ज्ञान हुनै पर्ने भएकोले पालिकाले निशुल्क तिन महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको बताउदै समय अवधीभर ध्यान दिएर तालिममा शिकाएका हरेक विषयबस्तु सिक्न अनुरोध गर्नुभयो।

त्यसैगरी तालिम उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडानम्बर – २ का वडा अध्यक्ष भक्तु चौधरीले
तीन महिनासम्म सिकेको तालिम कक्षा कोठामा मात्रै सिमित नभई समाजको कम्प्युटर सम्बन्धि दक्ष जनशक्तिको आवस्यकता पूरा गर्ने अभियानमा लाग्नु पर्ने बताउदै तिन महिने कक्षाबाट कम्प्युटरको आधारभुत शिक्षामा सहभागी सबै दक्षहुनै पर्ने सुझाव दिनु भयो। तालिममा महिलाको उपस्थिति बढी हुनु खुसीको कुरा भएको बताउदै महिला शिक्षित भएमा घर शिक्षित हुने भएकोले समयवधीभर अनुशासनमा रही सिक्न सबैलाई अनुरोध गर्नु भयो।
कार्यक्रममा वडा सदस्यहरु राधेश्याम थारुकुमाल,ओमप्रकाश चौधरी ,प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक अशोक कुमार यादवले, दिबेल इङलिस बार्डिङ स्कुलका प्रिन्सिपल भानु प्रसाद यादवले लगायतकाले शुभकामना मन्तव्य राख्नु भएकाे थियोे भने कार्यक्रमको सहजिकरण बुद्धी राम चौधरी गर्नु भएको थियो ।

Facebook Comments