• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बङ्गलाचुलीमा राष्ट्रपति रनिङ शील्डको उपाधि झेल्नेटालाई




दाङको बंगलाचुली गाउँपालिकामा भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङशिल्डको प्रथम उपाधि सुधा माध्यामविक विद्यालय झेलनेटाले लैजान सफल भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ७ स्थित सरस्वती मावी जवरकोटमा पालिका स्तरिय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता भएको हो । जसमा २९ वटा ईभेन्ट मध्ये ११ स्वर्ण पदक जित्न सफल भई सुधा मावीले प्रथम स्थानको पदक प्राप्त गर्न सफल भएको हो । त्यसैगरी ७ स्वर्णपदक सहित  माध्यामिक विद्यालय मुलावारी भेडावारी दोस्रो पदक प्राप्त गर्न सफल भएको छ । भने ४ स्वर्णपदक सहित सरस्वती माध्यामिक विद्यालय जवरकोट तेस्रो पदक लैजान सफल भएको छ ।

प्रतियोगितामा दौद तर्फ छात्रा एक सय,दुईसय,चार सय,आठ सय ,पन्ध्र सय मिटर त्यस्तै छात्र तर्फ एक सय,दुईसय,चार सय,आठ सय ,पन्ध्र सय र तिनहजार मिटर,लिले दौड तर्फ छात्र छात्रा सय गुणा सय र चार सय गुणान चार ,हाईजम्प छात्र छात्रा,लङ्ग जम्प, छात्र छात्रा,ट्रिपल जम्म छात्र छात्रा,सटफुट छात्र छात्रा, ज्यावल्लिङ छात्र छात्रा, भलिवल छात्र छात्रा, र कवर्डी छात्र छात्रा खेलकुद प्रतियोगिता भएका थिए । प्रतियोगितामा बंगलाचुली गाउँपालिका भरका ६ वटा माध्यामिक विद्यालयहरुको सहभागीता रहेकोछ । प्रतियोगितामा ६ वटा विद्यालयका करिव २ सय ४० जना विभिन्न विधाका खेलाडीहरुको सहभागिता रहेको थियो ।

यसैविच एक ‍औपचारिक कार्यक्रमका विच आजै खेलकुद प्रतियोगिताको समापन गरिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास) को प्रमुख आतिथ्यतामा खेलकुद प्रतियोगिता समापन गरिएको हो ।खेलकुद प्रतियोगिता समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष पुनले विजयी खेलडिहरुलाई शुभकामना व्यक्त गर्नुभयो । भने अन्य प्रतिस्पर्धि खेलाडीहरुलाई आगामि दिनमा हुने खेलमा सपलताको शुभकामना व्यक्त गर्नुभयो ।

अध्यक्ष पुनले खेलकुदले शरिरीक तन्दुरुस्थिका साथै मानसिक विकासमा पनि ठुलो टेवा पुग्ने बताउनुभयो । उहाँले शिक्षा संगै खेलकुदलाई पनि व्यवस्थित तवरले संचालन गर्नका लागि गाउँपलिकाले खेलाडीहरुलाइ प्रोत्साहान गर्ने बताउनुभयो ।  कार्यक्रममा विजय प्राप्त गर्न सफल खेलाडिहरुलाई बंगलाचुली गाउँपालिका अध्यक्ष,वडाका अध्यक्ष लगाएतले ट्रफि तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।यसैविच अर्को वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचालन गर्ने जिम्मा महेन्द्र मावी स्युजाले लिएको छ । यस वर्षको प्रतियोगिताको आयोजक सरस्वती मावी जवरकोट रहेको थियो ।

Facebook Comments