• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शहिदकाे बलिदानीले अहिलेकाे व्यवस्था स्थापित




घाेराही, २ फागुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शहिदकाे बलिदानीबाट अहिलेकाे व्यवस्था स्थापित सम्भव भएको बताउनुभएको छ ।
नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरकाे १४६ अाैँ स्मृति दिवस तथा पूर्ण कदकाे शालिक अनावरण कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले शहिदले देश र जनताकाे उत्थानका लागि निस्वार्थ ज्यानकाे बलिदानी दिएका कारण अहिले मुलुक संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको बताउनुभयो ।

तत्कालीन समयमा पनि मुलुककाे राजनीतिक, सामाजिक परिवर्तनका लागि अन्याय अत्याचारका विरुद्ध स्वार्थभन्दा माथि उठेर बलिदानी दिएका लखन थापाले गरेकाे साहस नै अहिलेकाे व्यवस्था परिवर्तनकाे प्रेरणाकाे श्राेत भएको जिकिर गर्नुभयो ।
मुख्यमन्त्री गिरीले लखन थापाकाे बलिदानीकाे प्रेरणाबाट पाठ सिक्दै जहानिया राणाशासन, पन्चायती व्यवस्था, राजतन्त्र जस्ता व्यवस्था फाल्दै जनताकाे शासन चल्ने संघीय लाेकतान्त्रिक गणतन्त्रसहितकाे व्यवस्था स्थापना गर्न सकिएकाे बताउनुभयो । लखन थापाले नेपाल र नेपाली जनताकाे न्याय र स्वतन्त्रताको लागि युगाै युग सम्झनलायक काम गरेकाे हुँदा राज्यले सम्मान गरेकाे बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालले शहिदहरुकाे सपना पूरा गर्न सबैकाे ध्यान जान अावश्यक रहेकाे बताउनुभयो । मुलुककाे उन्नति र विकासका लागि जीउज्यानकाे बाजि लगाउने शहिदहरुकै कारण अहिलेकाे व्यवस्था स्थापना भएको बताउँदै उहाँले सहिद राज्यकाे साझा सम्पत्तिका रुपमा ग्रहण गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा घाेराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चाैधरीले अन्याय, अत्याचारका विरुद्ध लड्नुर्छ, सहनु हुदैन भन्ने सन्देश दिनु हुने लखन थापाबाट अहिलेकाे समाजले शिक्षा लिन अावश्यक रहेकाे बताउनुभयो । उहाँले देखाएको बाटाे र याेगदानले मुलुक संघीय लाेकतान्त्रिक गणतन्त्र पाएकाे हुँदा देश र जनताकाे समृद्धिका लागि तीन वटै सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेकाे बताउनुभयो ।
उहाँले लखनपार्कले शहिदकाे सम्मान मात्रै हाेईन, घाेराहीकाे साैन्दर्यताकायम गर्न मद्दत गरेकाे बताउनुभयो ।
२०७४ मा निर्वाचित भएर अाएपछि तत्कालीन त्रिभुवन पार्कलाई लखन पार्क बनाउने संस्थागत निर्णय गरि यसकाे विकासका लागि माथिल्लो तहमा पहल गरेकाे पनि बताउनुभयो ।
लामाे समयसम्म राज्यका तर्फबाट सम्बाेधन हुन नसकेका बेला २०५६ फागुन ११ गतेनेपाल सरकारबाट शहिद घोषणा गरिएकोमा पछि २०७२ असाेज ३ गते नेपाल सरकारबाट नेपालको प्रथम शहिद घोषणा गरिएको थियाे ।
त्यसकाे एक वर्षपछि २०७३ बाट नेपाल सरकारले हुलाक टिकट प्रकाशन भएको छ।
कार्यक्रममा नेपाल मगर संघकी केन्द्रीय सदस्य बलिभद्र कुसारी, दाङ ईन्चार्ज सितलाल पुन, केन्द्रीय उपमहासचिव सावित्रा राना, सगरमाथा टाेल विकास संस्थाका अध्यक्ष हुमकान्त अधिकारीलगायतले बाेल्नुभएकाे थियाे ।

नेपाल मगर संघका निवर्तमान जिल्ला अध्यक्ष
तथा पार्क निर्माण समिति संयाेजक खलु पुन मगरले लखन पार्कमा पूर्ण कदकाे शालिक निर्माण तथा सजावटका लागि प्रदेश पर्यटन कार्यालयबाट १५ लाख,घाेराही उपमहानगरबाट २ लाख, क्यारी निर्माणका लागि वडा नम्बर १४ बाट १ लाख ५० हजार तथा दर्जनौं सहयाेगी र।दाताहरुबाट संकलन भएको रकमले काम गरिएको जानकारी गराउनुभयाे।

संघका वरिष्ठ उपाध्यक्ष मुक्तबहादुर बुढाकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण सहसचिव नरेन्द्र बुढा मगरले गर्नुभएको थियाे ।

नेपालका प्रथम शहिद क्या.लखन थापा मगरकाे जन्म विक्रम सम्वत १८९१ मा गोर्खाको काउले भङ्गारमा भएको थियो ।
सेनामा रहेकाे बेला जागिर छाडेर वि.स.१९२७ मा जहानिया राणा शासनको विरोधमा पहिलो पटक बिद्रोह र जनमत सिर्जनामा लागेका थिए ।

Facebook Comments