• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा चैत पहिलो साताबाट वार्षिक परीक्षा




मदन विसी
रुकुम पूर्व /सिस्ने गाउँपालिकामा चैत पहिलो साताबाट वार्षिक परीक्षा २०७९ सुरु हुने भएको छ । प्रधानाध्यापकहरुको बैठकले आगामी चैत ६ गते देखि वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

चैत ६ गतेबाट सुरु भएको बार्षिक परिक्षा १४ गतेसम्म चल्नेछ । परिक्षा मिति निर्धारण गर्न मंगलबार पालिकामा प्रधानाध्यापकहरुको बैठक बसेको थियो ।गाउँपालिका भरिका सामुदायिक विद्यालयमा एकैसाथ परिक्षा सञ्चालन हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बढाले जानकारी दिए । बालशिक्षा देखि कक्षा ९ सम्मको परिक्षा उक्त समयमा हुने उनले बताए ।

उनका अनुसार चैत ६ गते अनिवार्य अंग्रेजी, ७ गते नेपाली, ८ गते गणित, ९ गते विज्ञान र १० गते सामाजिक विषयको परिक्षा सञ्चालन हुनेछ । यस्तै चैत ११ गते कृषि, १२ गते हाम्रो सिस्ने, ऐच्छिक प्रथम र कृषि, १३ गते स्वास्थ्य शारिरिक, नैतिक, ऐच्छिक दोस्रो र कृषि विषयको परिक्षा हुदाँ १४ गते पेशा व्यवसाय, कृषि र विविध विषयको परिक्षा गर्ने बैठकले निर्णय गरेको छ ।

परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन १२ सदस्य प्रश्नपत्र निर्माण समिति गठन गरिएको छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुढाको संयोजकत्वमा प्रश्नपत्र निर्माण समिति गठन गरिएको हो ।
प्रश्नपत्र निर्माण समितिमा चन्द्र बहादुर मल्ल, टेक बहादुर केसी, पिताम्बर पोखरेल, बेगम केसी र हेमा बुढा रहेका छन । यस्तै नबिन शर्मा, रमेश देवकोटा, भिमार्जुन केसी, मोहन कुमार पुन, भुपेन्द्र आचार्य र घनसिङ खड्का पनि प्रश्नपत्र निर्माण समितिमा रहेका छन । सवै सामुदायिक विद्यालयमा एउटै प्रश्नपत्र पुर्याउन पालिका स्तरीय प्रश्नपत्र निर्माण समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ।

प्रअ बैठकले कक्षा ८ को उत्तर पुस्तिका गाउँपालिकाको केन्द्रमा परिक्षण गर्ने निर्णय समेत गरेको छ ।सवै विद्यालयबाट उत्तरपुस्तिका रुकुमकोट संकलन गरि परिक्षण गर्ने गाउँपालिकाले तयारी थालेको हो।
कक्षा ८ को परिक्षाको गरिमा बढाउन उत्तरपुस्तिका केन्द्रमा संकलन गर्ने निर्णय गरिएको बुढाले बताएका छन । पालिका अध्यक्षको विशेष निर्देशनमा उत्तरपुस्तिका रुकुमकोट संकलन गर्ने निर्णय भयो उनले भने अध्यक्ष ज्यू परिक्षा केन्द्र पनि फरक विद्यालयमा बनाउने सोचमा हुनुहुन्छ ।

यस विषयमा भन्ने ठोस निर्णय भएको छैन । उनले थपे सम्भवतः एसइई जस्तै कक्षा ८ को परिक्षा केन्द्र पनि फरक हुन सक्छ ।उनले भने एसइई भन्दा तलको परिक्षालाई पनि व्यवस्थित बनाउन हाम्रो ध्यान केन्द्रित भएको छ ।

Facebook Comments