• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भोलिदेखि घोराहीमा प्रदेशस्तरीय उद्योग तथा कृषि प्रदर्शनी, मन्त्री शर्माले उद्घाटन गर्ने




घोराही, २ फागुन भोलीदेखी घोराहीमा सुरु हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को तयारी पुरा भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को झिगौरामा हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिले जनाएको छ ।No description available.

आयोजक मूल समितिले महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ भन्ने मूल नाराका साथ हुने महोत्सवको भौतिक निर्माणको काम अन्तरगत, मूल मञ्च, स्टल निर्माण, गेट निर्माण, बाल उद्यान निर्माण लगायत सम्पूर्ण तयारी पुरा भएको आयोजक मुल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

यस्तै उद्घाटनपूर्व हुने शोभायात्राको तयारी पनि पुरा भएको उहाँले जानकारी दिनुभयो । महोत्सवकोे उद्घाटन सञ्चार तथा सुचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले गर्ने आयोजक मूल समितिले जानकारी दिएको छ । महोत्सवको उद्घाटनपूर्व बिहान १० बजेदेखी ट्राफिक चोकमा जम्मा भएर शोभायात्रा गरिने र दिउसो १ बजे महोत्सवको उद्घाटन गरिने छ । उद्घाटन पूर्व सामाजिक संघसंस्था, टोल विकास संस्थाहरुको सहभागीतामा शोभायात्रा हुने छ । शोभायात्रामा ब्यानर र झाँकी सहित सहभागीता जनाउन पनि उहाँले सम्पूर्ण संघसंस्था, टोल विकास संस्थाहरुलाई आयोजकले अनुरोध गरेको छ ।

महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाको लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री, कृषी सामाग्री, हस्तकला सामाग्रीहरुको प्रदर्शनीकालागी निशुल्क रुपमा स्टलहरु उपलब्ध गराएको आयोजकले जनकारी दिएको छ । सम्बन्धीत जिल्लाको नेपाल घरेलु तथा साना उद्योग महासंघको सिफारिसमा निशुल्क रुपमा स्टलहरु उपलब्ध गराईने र जसकालागी महोत्सवमा एक सय स्टलहरु कृषी, लघु तथा घरेलु उद्योगहरुकालागी व्यवस्थापन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका वरिष्ठ उपाध्यक्ष लब अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय कृषकहरुले उत्पादन गरेको कृषी सामाग्रीको प्रदर्शनी प्रतियोगीता हुने भएको छ । कृषी ज्ञान केन्द्र घोराहीसँगको समन्वयमा कृषी सामाग्री प्रदर्शनीको प्रतियोगीता हुने र प्रथम, दृतिय, तृतिय र सान्त्वना हुने कृषहरुलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिने छ । महोत्सवमा जिल्ला स्तरिय लोकदोहोरी गीत प्रतियोगीता र विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीता हुने छ ।

महोत्सवमा हरेक दिन जिल्ला स्तरिय लोक दोहोरी गीत प्रतियोगीता र विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीताहरु हुने छ । प्रतियोगीतामा उत्कृष्ट हुने समूहहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । लोकदोहोरी गीत प्रतियोगीतातर्फ प्रथमलाई ४० हजार ५ सय ५५, दृतियलाई ३० हजार १ सय ५५ र तृतीय हुनेलाई २० हजार १ सय ५५ रुपौया नगद सहित शिल्ड र मेडल प्रदान गरिने छ भने लोक नृत्य प्रतियोगीतातर्फ प्रथम हुनेलाई १० हजार १ सय ५५, दृतिय हुनेलाई ६ हजार १ सय ५५ र तृतिय हुनेलाई ३ हजार १ सय ५५ रुपैया नगद सहित शिल्ड र मेडल प्रदान गरिने छ । महोत्सवकालागी प्रति व्यक्ती एक सय रुपैया, ग र घ वर्गका अपांगहरुकालागी प्रतिव्यक्ती ५० रुपैया, पूर्ण अशक्त र अति अशक्त अपांग भएका व्यक्ती, जेष्ठ नागरिकहरुकालागी परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

स्थानीय एवं राष्ट्रिय स्तरमा लघु तथा घरेलु उदोगहरुले उत्पादन गरेका वस्तुहरुको पहिचान गराई कृषी तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधीहरुको जानकारी सहिचत आन्तरिक एवं बाह्य पवर्धनमा टेवा पु¥याउने, महिला उदामशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको उचित गुणस्तरको पहिचान गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला स।स्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषीको आधुनिकरणकोलागी कृषी प्रविधीहरुको प्रदर्शनी गर्ने लगायतकासाथ उद्धेश्यकासाथ महोत्सवको आयोजना गरिएको छ ।

Facebook Comments