• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण खेल हुने




दाङ, २ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो स्थापना दिवस तथा साधारण सभाको अवसरमा व्यवसायीहरु विच मैत्रि पुर्ण प्रतियोगीता आयोजना गर्ने भएको छ ।

संघको बैठकले स्थापना दिवस तथा साधारण सभामा मैत्रिपुर्ण प्रतियोगीता आयोजना गर्ने निर्णय गरेको हो । बैठकले रक्तदान, फुटवल, हाजिरी जवाफ, दौड, वोरा दौड प्रतियोगीता गर्ने निर्णय गरेको छ । खेलको माध्यम वाट व्यावसायीहरुलाई आपसमा परिचयात्म तथा रमाइलोको लागि मैत्रि पुर्ण प्रतियोगीता आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

जसका लागि जिम्मेवारी समेत प्रदान गरेको छ । रक्तदानका लागि सदस्य जुद्धवहादुर घर्ति ९जगत० को संयोजकत्वमा लिलाराम खड्का र एक नारायण पौडेल सदस्य रहेको समिती निर्माण गरेको छ । फुटवल प्रतियोगीताका लागि माधव खनालको संयोजकत्वमा जगतप्रसाद आचार्य र विकास वली सदस्य रहेको समिती गठन गरेको छ । हाजिरी जवाफ प्रतियोगीताका लागि भरतप्रसाद रेग्मीको संयोजत्वमा ज्ञानबहादुर फौदार क्षेत्रि र मित्रदेव अधिकारी सदस्य रहेको समिती गठन गरेको छ ।

दौड प्रतियोगीताका लागि विनोद पाण्डेको संयोकत्वमा लिलालाम खड्का र सन्तोष सोनी सदस्य रहेको समिती गठन गरिएको छ । वोरा दौडको लागि देवकला वस्नेतको संयोजकत्वमा विष्णुप्रसाद रिजाल र विष्णुप्रसाद गौतम सदस्य रहेको समिती गठन गरिएको छ । अतिथी सत्कार संघका अध्यक्ष निवर्तमान अध्यक्ष र पुर्व अध्यक्ष सदस्य रहेको समिती गठन गरिएको छ । मञ्च व्यवस्थापन, जलपान तथा निमन्त्रण समिती वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको संयोजकत्वमा उद्योग उपाध्यक्ष अनिल आचार्य र वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल सदस्य रहेको समिती गठन गरिएको छ ।

पुस्कार छनोट समितीमा संघका अध्यक्ष टंकसिंह वुढाथोकीको संयोजकत्वमा महासचिव महेन्द्र वुढाथोकी र निबर्वमान अध्यक्ष नारायणप्रसाद भुसाल सदस्य रहेको समिती गठन गरिएको छ । बैठकले नया वर्षको क्यालेन्डर प्रकाशनका लागि वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलको संयोजकत्वमा सचिव नरेश श्रेष्ठ, जगतप्रसाद आचार्य, विकास वली र माधव खनाल सदस्य रहेको समिती गठन गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । संघको स्थगापना दिवस चैत ९ गते र साधारण सभा चैतको ११ गते हुने भएको छ । बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

Facebook Comments