• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडियो नेपाललाई बहुभाषिक मिडिया बनाइने छ: सन्चारमन्त्री




दाङ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियाे नेपाललाई समय अनुसार परिमार्जन गर्दै लैजानु पर्ने बताउनु भएको छ । रेडियाे नेपाल लुम्बिनी प्रादेशिक प्रसारण कार्यालय हेमन्तपुर दाङको निरिक्षण गर्दे मन्त्री शर्माले यस्ताे बताउनु भएको हाे ।

रेडियाे संचारकाे महत्व पुर्ण साधन भएको भन्दै नागरिकलाई सहि सुचना कसरी प्रबाह गर्न सकिन्छ भन्नेतर्फ ध्यानदिन जरुरी छ भन्नुभयाे । मन्त्री शर्माले लुम्बिनी प्रदेशमा बाेलिने भाषाभाषीमा समाचार र कार्यक्रम र उत्पादन गरि प्रसारण गर्न निर्देशन दिनुभयाे ।

रेडियाे संचारकाे भरपर्दो माध्यम भएको उल्लेख गर्दै समय अनुकुल रेडियाेले आफुले उत्पादन गर्ने समाचार र कार्यक्रम परिमार्जित गर्दै जानुपर्छ भन्नुभयाे । रेडियो नेपालसंग करिव २ सय राेपनी जमिन रहेकाे बताउँदै त्यसकाे उपयाेग गर्न ध्यानदिनु पर्ने बताउनुभयाे ।

रेडियोका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले लुम्बिनी प्रदेश भरि रेडियो सुनिने गरि क्षमता बढाउन थालेकाे जानकारी दिनुभयो । राेल्पा, गुल्मीको रेसुंगा पश्चिम रुकुमा ट्रान्समिटर जडान गर्ने तयारी भइरहेको जानकारी दिनुभयाे ।

Facebook Comments