• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरमा गाउँपालिकास्तरीय प्रथम रास्ट्रपति रनिङ सिल्ड सुरु




श्रवण कुमार यादव
राजपुर, २ फाल्गुन। राजपुर गाउँपालिकामा  पालिकास्तरीय प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता  सुरु भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता विभिन्न विद्यालयका विद्यार्थीहरुको मार्चपास प्रदर्शनसहित  सोमबार देखिसुरु भएको हो।राजपुर गाउँपालिकाको समन्वय तथा श्री साधारण नमुना मावि, सालभौरीको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले पानसमा बत्ती बाली उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी शरद कुमार बुढाथोकीले राजपुर गाउँपालिकालाई खेलकुदको गन्तव्यका रुपमा बिकास गर्न आफू लागि पर्ने बताए।

यसरी हरेक खेलकुद प्रतियोगिता समय – समय मा हुने हो भने गाउँनगरबाट राष्टिय, अन्तराष्ट्रिय खेलाडीहरु भोलिका दिनमा उत्पादन हुने र जस्ले गाउँ नगर र देश लाई चिनाउनुका साथै थुप्रै फाइदाजनक कार्यहरुको सम्भावना खेलकुदले आफै सिर्जना गर्छ ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादवले सम्पुर्ण सहयोगी सहभागिलाई धन्यवाद दिँदै खेलाडी बिद्यार्थी भाइबहिनीहरुलाई राम्राेसँग अनुशासित र लगनशिल भएर खेल्नका लागि आग्रह गरेकी हुन्।

यस्तै राजपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशव लम्सालले प्रथम राष्ट्रपति रनिङ शिल्ड सुरु भएकोले आफूलाई गर्भ लागेको बताए। उनले आज राजपुर गाउँपालिका आगाडी बढेको गौरभकाे अनुभुति रहेको बताए।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेले आगामी दिनमा पक्कै पनि यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राजपुरमा फन्को मारिने छ। खेलकुद भनेको खेल्नका लागि, मनोरञ्जनका लागि, स्वस्थ्यका लागि, अनुशासनको लागि रहेको बताए। उनले भने उच्च सक्षम र अनुशासित नागरिक तयार गर्नका लागि खेलकुदको आयोजना गरिने गरिन्छ। यहाँबाट उत्पादन भएका खेलाडी सिकेका कुराहरूलाई पक्कै पनि गाउँपालिका स्तरिय जिल्ला स्तरीय हुँदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ भन्ने आशा व्यक्त गरेकाहुन्।

यस्तै राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्टले ठुलो लक्ष्य र हाँसिला अनुहार लिएर सहभागि भएका सम्पुर्ण बिद्यालयका बिद्यार्थी भाइबहिनीहरु र शिक्षकहरूलाई धन्यावाद दिँदै अबका दिनहरू यसरी नै एकताबद्ध खेलकुदको सन्देशलाई जुन आज उत्साहपुर्ण रूपमा मनायौं त्यसरी नै राजपुर गाउँपालिकालाई समृद्ध राजपुर गाउँपालिका सुखी राजपुर बासी बनाउन आत्मसाथ गर्ने आशा आफुले राखेको बताए।

आयोजक विद्यालयका प्रधानाध्यापक मान बहादुर केसीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशव लम्साल, वडा नम्बर ५ का वडा अध्यक्ष, राजपुर गाउपलीका प्रमुख प्रशासकीय अधिकृत, कार्यक्रमका विशिष्ट अतिथि तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादव, प्रमुख अतिथि तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी लगाएतले शुभकामाना मन्तव्य राखेका थिए। आयोजक बिद्यालय श्री साधारण नमुना मावि गंगदिको वि.व्य.सा. अध्यक्ष घनश्याम चौधरीकाे सभाध्यक्षमा कार्यक्रमकाे सञ्चालन भएको थियो भने बिद्यालयका शिक्षक धर्म राज यादवले कार्यक्रम सञ्चालन गरेका थिए।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट लगाएतका खेलहरू समावेश गरिएको छ ।

प्रतियोगितामा छात्रतर्फ दौड १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर, रिले ४ ×४०० मिटर रिले , छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर रिले, ४×४०० मिटर रिले, उफ्रने र फ्याँक्ने ( फिल्ड) तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्यावलिङ थ्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड, छात्रा हाइजम्प लङजम्प, त्रिपल जम्प ज्यावलिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड लगाएतका खेलहरु रहेको छ । यस्तै फाल्गुन १ गते आजदेखि सुरु भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता ३ गतेसम्म संचालन रहने आयोजकले जनाएको छ।

Facebook Comments