• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनज्योति माविद्वारा शैक्षिक प्रदर्शनीसहित मार्चपास




राजपुर,२ फाल्गुन। राजपुर गाउँपालिकाको प्रथम गाउँपालिका स्तरीय तिनदिने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा श्री जनज्योति मावि राजपुर-२, मेटरिया(बेला) द्वारा शैक्षिक प्रदर्शनी तथा विभिन्न सांस्कृति झल्किने सहित मार्चपास कार्यक्रम प्रदर्शन गरिएको छ ।

मार्चपास कार्यक्रममा विद्यार्थीहरुले सोमबार थारु, अवधी, मगर, ब्राहृमण लगाएतका जातिको कल्चरल झल्किने भेषभुषा र पहिरन प्रदर्शन गरेका थिए। मार्चपासमा विद्यार्थीले नेपालका सबै जातजातिमा रहेको सांस्कृतिक चेतनाको कुरा गीत, संगीत र पहिरनबाट प्रस्तुत गरेको थिए। समय बदलिरहेको अवस्थामा विद्यार्थीले अपनाउने शैक्षिक पद्दति कस्तो हुने र उनीहरुको पढाइलेखाइको रुची कतातिर रहेको छ, सोको पहिचान समेत मार्चपासमा विद्यार्थीले देखाएका थिए। विद्यालयले समावेशी चित्र प्रस्तुत गरि आफ्नो छुट्टै पहिचान देखाएको देखिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले सिर्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । विद्यालयले समावेशी चित्र प्रस्तुत गरिरहेको कुरा गर्व लाग्ने कुरा हो । विद्यार्थीले नेपालको झण्डा, नेपालको नक्सा, राजपुर गाउँपालिकाको नक्सा र डाक्टर, नर्स, इन्जिनियर शिक्षक शिक्षिका लगाएतका विद्यालयले उत्पादन गर्नसक्ने पहिचान समेत देखाएका थिए। विद्यालयका उत्पादित विद्यार्थी अब्बल मानिएका छन् ।

राजपुर गाउँपालिकाको समन्वय तथा श्री साधारण नमुना मावि, सालभौरीको आयोजनामा संचालित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन सत्रमा सो प्रदर्शनी भएकोे हो।

Facebook Comments