• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र रुन्टीगढीले २८ औं जनयुद्ध दिवस मनायो




होलेरी, १ फागुन । नेकपा माओवादी केन्द्र रुन्टीगढीले २८ औं जनयुद्ध दिवस मनाएको छ । पार्टीले जनयुद्धको उद्गम थलो रोल्पाको होलेरीमा आज २८ दीप प्रज्ज्वलनसहित कार्यक्रम गर्दै उक्त दिवस मनाएको हो ।

नेकपा माओवादीले २०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी, रुकुमको आठबिसकोट, सिन्धुलीको सिन्धुलिगढी प्रहरी चौकिमा एकैसाथ सोही समयमा आक्रमण गरि जनयुद्धको घोषणा गरेको थियो । करिब १० बर्ष लामो युद्धपछि तत्कालीन राजनैतिक दलहरूसंग १२ बुँदे समझदारी हुँदै १९ दिने जन आन्दोलन मार्फत निरंकुश राजतन्त्रलाई समाप्त गरी देशमा गणतन्त्र स्थापना भएको थियो ।

नेकपा माओवादी पार्टीले राजतन्त्रको विरुद्ध गरेको लडाइँलाई जनयुद्धको नाम दियो । जुन युद्धको आडमा भएको जन आन्दोलनले मात्र आजको लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समाबेसीता, वाक स्वतन्त्रता जस्ता परिवर्तन संभव भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गोबिन्द पुन(नजर)ले बताए । जनयुद्धको जगमा भएको परिवर्तनको लाभ लिने युद्ध बिरोधिहरुपनि नाक नखुम्चाई हजारौं सहिदहरुलाई सम्मान गर्दै परिवर्तनको रक्षा गर्न जनयुद्धको इतिहासलाई नबिर्सिन अनुरोध गरे ।

जनयुद्धको उद्गम ठाँउ होलेरी पहिलो प्रहरी चौकी हाल सहिद स्मारिकामा भएको कार्यक्रममा २८ झण्डा, २८ दीपसहित जनयुद्ध र जनआन्दोलनको रक्षा गर्दै समाजबादको बाटोमा अघि बढौँ भन्ने ब्यानरको अगाडि अबिर ल्यापन गरि कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गोबिन्द पुन, लुम्बिनी प्रदेश सल्लाहकार प्रेम थापा रुन्टिगढी माओवादि केन्द्रका अध्यक्ष जगत घर्ती, सह-सचिव देबेन्द्र परियार, टेकलाल पुन, खिम बहादुर घर्ती लगायत सुरक्षाकर्मी पत्रकार कार्यकर्ता शुभचिन्तकहरुको उपस्तिथि रहेको थियो ।

Facebook Comments