• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सार्वजनिक विदाले जनयुद्धप्रति न्याय भएको छ: मन्त्री शर्मा




सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएर सरकारले जनयुद्धप्रति न्याय गरेकाे बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र दाङले आयोजना गरेको २८ औं जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सहिद, वेपत्ता, घाइते अपांगलाई आजकाे सार्वजनिक विदाले उच्च सम्मान व्यक्त गरेकाे धारणा राख्नुभयाे । प्रचण्ड नेतृत्वको सरकारले गरेकाे याे कामले जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गरेकाे उहाँले बताउनुभयो ।

जनयुद्धको याेगदान समानता भएको बताउँदै त्यसकाे कार्यान्वयनमा सरकार जुटेकाे मन्त्री शर्माले वताउनुभयाे । मन्त्री शर्माले माओबादी टुटफुट र बिभाजन भएपनि आफ्नाे विरात कायम राखेकाे बताउनुभयो ।

माओवादीकाे एजेन्डामा देश सर्वसम्मत रुपमा अगाडि बढेकाे भनाइ व्यक्त गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वमा राष्ट्रिय सहमतिकाे राजनीती अगाडि बढेकाे बताउनुभयाे ।

जनयुद्धजनयुद्धको परिवर्तनलाई सरकारले एउटा अंशकाे रुपमा राख्न खाेजेकाे भन्दै उहाँले त्यस अनुसार हामी जहाँ छौ त्यस ठाउँबाट सम्पूर्ण कार्यकर्ता माथि उठ्न
जरुरी छ भन्नुभयाे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्यले पनि सार्वजनिक विदा दिएकोमा सरकारलाइ धन्यवाद दिनुभयो । यसलाई राष्ट्रिय विदाको रुपमा स्थायित्व दिनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।

यसैबिच २८ औं जनयुद्ध दिवसको अवसरमा दाङको घोराहीमा रक्तदान आयोजना गरिएको छ । ३६ जनाल रक्तदान गरेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो

Facebook Comments