• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्राज्ञिक परिषदले फाल्गुन १३ गते हाजिरीजवाफ प्रतियोगिता गर्ने




बिष्णु गाेराथाेकी १ फागुन, दाङ प्राज्ञिक विद्यार्थी परिषद्ले असल व्यक्ति निर्माणको माध्यमबाट राष्ट्रको पुननिर्माणको लक्ष्य तथा दलगत राजनितिबाट माथिरहेर राष्ट्र प्रथम भावका राष्ट्रप्रथम साथ कार्य गर्ने असल इ‌मानदार, नैतिकवान व्यक्ति निर्माणको कार्यका लागि कार्यमा निरन्तर लागिरहेको छ।

प्राज्ञिक विद्यार्थी परिषद, नेपाल घाेराही नगर इकाई द्वारा माघ २८ गते शनिवार श्री शान्तीसुधा आवसिय माध्यामिक विद्यालयमा नियमित बैठक बसि हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा आयोजना गर्ने निर्णय गरेकाे हाे ।

उक्त कार्यक्रम प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घाेराही नगर इकाईले फागुन १३ गते शनिवार शान्तीसुदा आवासिय माध्यामिक विद्यालयमा बिहान १० बजे आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा घाेराही उपमहानगरपालिका भित्र रहेका +२, स्नातक र स्नातकोत्तर अध्ययनरत विधार्थी सहभागी हुन पाउनुहुनेछ ।

कार्यक्रममा दुई छात्रा, दुई छात्र र एक शिक्षक अनिवार्य उपस्थित हुनुपर्ने गरि प्रत्येक बिद्यालयमा पत्राचार गरिएको घाेराही नगर संगठन सचिव मनिष बन्जाडेले जानकारि दिनुभएको हाे । हाजिरीजवाफ कार्यक्रममा कृषि, विज्ञान, स्वास्थ्य, खेलकुद, भूगोल, समयसामयिक “धर्म, इतिहास, व्याकरण, चलचित्र, कला संस्कृति, अाई टि, जिके,अङ्ग्रेजी, गाउँखाने कथा, व्यवस्थापन, शिक्षा, प्रशासन, इन्जिनियरिङ, विषयमा प्रश्नावली सोधिने संयोजकले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमको संयोजक प्रशान्त पाण्डे रहनुभएकाे छ भने सह संयोजक सनिल गौतम, कार्यक्रम संचालिका सिता सुनार रहनुभएकाे छ ।। परिषद गीत नरेश परियार र गंगा अधिकारी, समयपालक गंगा अधिकारी, स्कोरका लागि सुवास वली माला व्यावस्थापनमा मनिष बञ्जाडेलाई दायित्व निर्धारण गरिएको छ।

Facebook Comments