२८ औं जनयुद्ध दिवसको अवसरमा दाङको घोराहीमा रक्तदान आयोजना गरिएको छ ।
नेकपा माओवादी केन्द्र दाङको आयोजनामा जिल्ला समन्वय समितिको प्राङ्गणमा सुरु भएको रक्तदान जारी छ । रक्तदानपछि पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम हुने माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।