• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विकासका सवालमा सबै दलको नेतृत्व गर्नेछु: मन्त्री शर्मा




नारायणपुर उद्योग वाणिज्य संघ दाङले सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्मा स्वागत तथा सम्मान गरेकाे छ । गृह जिल्ला दाङ आएकी मन्त्री शर्माकाे आज विहान एक समाराेहकाे आयाेजना गरि स्वागत सम्मान गरेकाे हाे ।
स्वागत समारोहमा बाेल्दै मन्त्री शर्माले जिल्लाकाे समग् विकास लागि सम्पूर्ण दलसंग सहकार्य गर्ने धारणा राख्नुभयाे । बिकास निर्माणकाे काम कुनै दल विषेशकाे नहुने भन्दै त्यसका लागि स्थानिय तहसंगकाे सहकार्यमा गर्दे जाने धारणा व्यक्त गर्नुभयाे । विकास निर्माणकाे नेत्त्रित्व आफुले गर्ने भन्दै त्यसका लागि आम जनतालाई सहयाेग गर्न आग्ह गर्नुभयाे ।लामाे समय देखि घाेराही – तुलसीपुर निर्माधिन चारलेन सडक अलपत्र रहेकाे भन्देै त्यसलाई अगाडि बढाउन अर्थमन्त्रीसंग छलफल भएको धारणा राख्नुभयाे ।
आठौं पटक ठेकेदार परिवर्तन हुदा पनि सडक निर्माणले गति नलिएको भन्दै सरकारले बजेट सुनिश्चित गरि ठेक्का सम्झौता ताेड्ने तयारी गरेकाे उल्लेख गर्नुभयाे ।
संचार मन्त्रालय देशकाे राष्टियतासंग जाेडिने मन्त्रालय भएपनि आफ्नाे मन्त्रालयलाई नागरिकसंग कसरी जाेड्न सकिन्छ भनेर ध्यान दिएको धारणा बताउनुभयाे ।

Facebook Comments