दाङ, २९ माघ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दंगीशरणमा एकदिने वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
दंगीशरणका शाखा प्रबन्धक चन्द्र प्रसाद आचार्यको अध्यक्षता एवं दंगीशरण शाखाका कनिष्ठ साहायक शोभा पाण्डेको प्रमुख आतिथ्यतामा सुरुभएको कार्यक्रममा लालिगुरास अभियान केन्द्र नम्बर ००१ का केन्द्र प्रमुख हरिकला डाँगी, लौबस्ता अभियान केन्द्र नम्बर ००२ का केन्द्र प्रमुख बेलमती चौधरी, महालक्ष्मी अभियान केन्द्र नम्बर ००३ का केन्द्र प्रमुख केवली कुमारी योगी, बुद्धनगर अभियान नम्बर केन्द्र नम्बर ००८ का केन्द्र प्रमुख राधा गिरी, प्रेम प्रकाश कोइराला र अन्जि कुमारी चौधरी लगायत ४ वटा केन्द्रका केन्द्र सदस्य तथा अभिभावकसहित ७४ जनाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बचत, बिमा, बजेट, र ॠण सम्बन्धी प्रशिक्षण भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका शोभा पाण्डेले बचतले मानिसलाई समृद्धि तिर लैजाने भएकोले गाउँघरका दिदी बहिनिहरुले सानो सानो रकम जम्मा गर्नुपर्छ, त्यही जम्मा गरेको पैसाले जीवनका हरेक मोडमा काम दिने कुरा बताउनुभयो ।
त्यस्तै कार्यक्रमका अतिथि हरिकला डांगीले वित्तीय साक्षरता सम्बन्धी धेरै कुराहरु सिक्न पाउँदा आफुलाई खुसी लागेको कुरा बताउदै संस्थाप्रति धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रमको सहजीकरण दंगीशरण शाखाका कर्मचारी चेतमान बाँठाले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
