• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकास्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्डको उपाधि सर्वाेदय माविलाई




भालुवाङ, २९ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनियाले हात पारेको छ ।

३ दिनसम्म सञ्चालित प्रतियोगितामा सर्वाेदय मावि सिसहनियाँ प्रथम, आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् । यो जित सँगै सर्वाेदय मावि सिसहनियाले लगातार दोस्रो पटक जित हासिल गरेको हो । विजेता विद्यालयका खेलाडीहरूले यसै वर्ष जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।

विजेता खेलाडीहरुलाई राष्ट्रपति खेलकुद प्रतियोगिता कार्यक्रमका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । माघ २६ गते देखि २८ गते सम्म विभिन्न आठ भन्दा बढी खेल समावेश गरि खेलाईएको प्रतियोगितामा पालिका भरिका १८ ओटा विद्यालयहरुले भाग लिएका थिए ।

साे खेलकुद कार्यक्रममा आधारभूत विद्यालय तर्फ लङजम्प प्रतियोगितामा छात्रा तर्फ सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ प्रथम, सर्वाेदय मावि सिसहनिया द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएका छन् भने छात्र तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएको छ।

त्यस्तै एक सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवाले तृतीय स्थान हासिल गरेकाे भने छात्र तर्फ बाल कल्याण आधारभूत विद्यालय पहरुवा प्रथम, सर्वाेदय मावि सिसहनिया द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन्।

दुई सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ तृतीय भएका छन् भने छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन्।

त्यस्तै मावि तर्फ छात्रा एक सय मिटर दाैड प्रतियोगितामा बाल कल्याण आधारभूत विद्यालय पहरुवा प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् भने छात्र तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,शंकर मावि पिपरी द्वितीय र शिरिन भ्याली बाेर्डिङ स्कुल माैरीघाट तृतीय भएका छन्।

लमजम्प छात्र तर्फ शंकर मावि पिपरी प्रथम ,मावि माैरीघाट द्वितीय र गाेर्खा आइडियल तृतीय भएको छ भने छात्र तर्फ शिरिन भ्याली बाेर्डिङ स्कुल माैरीघाट प्रथम ,शंकर मावि पिपरी द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएको छ।

सटफुट प्रतियोगितामा छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम ,मावि माैरीघाट द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ भने छात्र तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,शंकर मावि पिपरी द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ।

आठ सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फबाट नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएको छ भने छात्र तर्फआदर्श नमुना मावि लालमटिया प्रथम ,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र नेपाल राष्ट्रिय मावि भालुवाङ तृतीय भएका छन्।

पन्ध्र सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,आदर्श नमुना मावि लालमटिया द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्रा तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,मावि माैरीघाट द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन्।

ज्याबलिङ थ्राे प्रतियोगितामा छात्र तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,शंकर मावि पिपरी द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन् भने छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम ,शंकर मावि पिपरी द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन्।

दुई सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्रा तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,शंकर मावि पिपरी द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन्।

चार सय मिटर रिले दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएका छन् भने छात्र तर्फ मावि माैरीघाट प्रथम ,आदर्श नमुना मावि लालमटिया द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएका छन् ।

तीन हजार मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ
आदर्श नमुना मावि लालमटिया प्रथम,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र गाेरखा आइडियल लालमटिया तृतीय भएका छन् भने छात्र तर्फ भएको खेलमा सर्वाेदय मावि सिसहनिया,आदर्श नमुना मावि लालमटिया द्वितीय र मावि माैरीघाट तृतीय भएकाे छ।

त्यस्तै त्रिपल जम्प प्रतियोगितामा छात्र तर्फ मावि माैरीघाट,आदर्श नमुना मावि लालमटिया द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएका छन् भने छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम ,मावि माैरीघाट द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएका छन् ।

कवड्डी प्रतियोगितामा छात्र तर्फ सिरिन भ्याली स्कुल माैरीघाट प्रथम ,मावि माैरीघाट द्वितीय र गाेरखा आइडियल स्कुल लालमटिया तृतीय भएका छन् भने छात्रा तर्फ मावि माैरीघाट प्रथम , सर्वाेदय मावि सिसहनिया द्वितीय र नेपाल राष्ट्रिय मावि भालुवाङ तृतीय भएका छन्।

त्यस्तै चार सय मिटर रिले दाैड प्रतियोगितामा छात्रा तर्फ मावि माैरीघाट प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन् भने छात्र तर्फ
मावि माैरीघाट प्रथम,नेपाल राष्ट्रिय मावि भालुवाङ द्वितीय र सिरिन भ्याली स्कुल माैरीघाट तृतीय भएका छन् ।

चार सय मिटर दाैडमा छात्र तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम ,मावि माैरीघाट द्वितीय र विपि अावि बसन्तपुर तृतीय भएका छन् भने छात्रा तर्फ ,सर्वाेदय मावि सिसहनिया प्रथम , आदर्श नमुना मावि लालमटिया द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन्।

हाइजम्पमा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्र तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम ,शंकर मावि पिपरी द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन्।

भलिबल खेलमा छात्रा तर्फ ,सर्वाेदय मावि सिसहनिया प्रथम ,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र नेपाल राष्ट्रिय मावि भालुबाङ तृतीय भएका छन् भने छात्र तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन्।

प्रतियोगिता राप्ती गाउँपालिकाको सहयोग तथा गोरखा आइडिल स्कुल लालमटियाले आयोजना गरेको थियोे । आगामी वर्षको खेलकुद प्रतियोगिताको आयोजना विजेता विद्यालय सर्वाेदय मावि सिसहनियाले गर्ने भएको छ ।

यसै बिच शनिबार उक्त खेलकुद प्रतियोगिताको एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा तथा सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर दुईका वडा अध्यक्ष पहलमान चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।

सो अवसरमा बोल्दै अध्यक्ष विष्टले खेलमा हार र जित हुनु शोभाविक भएको भन्दै जीवनमा हार्न नहुने बताए । त्यस्तै उनले खेलाडीहरुले खेलको माध्यमबाट पालिकालाई राष्ट्रय स्तरमा चिनाउन सक्नुपर्ने बताए । विजेता नभएका खेलाडीहरू लाई सान्त्वना दिदै अध्यक्ष विष्टले प्रतियोगितामा सहभागी हुनु नै ठुलो कुरा भएकाले आगामी वर्षहरुमा सहभागी हुनका लागि सिकाइ भएको उल्लेख गरे । सो अवसरमा अध्यक्ष विष्टले सम्पूर्ण प्रतियोगितामा सहभागी विद्यालयहरु, खेलाडीहरु, रेफ्रीहरु र खेल सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु भएका विभिन्न व्यक्तिहरु धन्यवाद ज्ञापन गरेका छन् ।

Facebook Comments