• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु




बिरेन्द्र घर्ती
होलेरी, २८ माघ । रोल्पाको रुन्टीगढी गाउँपालिका- ४ मसिनामा गाउँपालिकास्तरीय चौँथो राष्ट्रपति तथा रुन्टीगढी रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । रुन्टीगढी गाउँपालिकाको आयोजनामा शनिबार उक्त प्रतियोगिता सुरु भएको हो ।

माध्यमिक विद्यालय राष्ट्रपति तथा रुन्टीगढी रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य माननीय जोख बहादुर महराले गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य माननीय जोख बहादुर महाराले खेलकुद एउटा जीवनको महत्त्वपर्ण अङ्ग रहेको बताउदै हाम्रो स्वास्थ्यको लागि राम्रो भएको र प्रतिभाको बिकाश गरेर राष्ट्रिय अन्तरास्ट्रिय खेलकुद प्रतियोगितामा खेल खेल्न सक्ने त्यस्ता खेलाडिहरु निर्माण गरि राष्ट्रलाई चिनाउन सक्ने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष जनक पुनले रनिङ सिलको महत्त्वपुर्ण भुमिका रहेको बताउदै यस गाउँपालिकामा रनिङ सिल्ड आउदै गर्दा केही बिद्यालय र शिक्षक शिक्षिकाहरुलाई ज्वरो आउने गरेको बताउदै यहाँ उत्साह उमंग र जोस जागर खेल जगतमा नभएको बताउनुभयो । उहाँले आगामी दिनमा राष्ट्रपति तथा रुन्टीगढी रनिङ सिल्ड प्रतियोगितालाई एउटा उत्साह , जोस जागरका साथ महत्त्व पुर्ण चाडको रुपमा मनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

प्रतियोगितामा पालिकाका ९ वटा सामुदायिक विद्यालय सहभागी रहेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ मसिना स्थित श्री सुर्यदय माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछन् ।

प्रतियोगितामा १०० मि दौड , २०० मि , ४०० मि , ८००मि , १५०० मिटर र ३००० हजार मिटर दौड हुनेछ त्यस्तै छात्रा भलिबल , छात्र भलिबल , हाइजम्प , त्रिपल जम्प , लङ्ग जम्प , सट फुट , ज्यापलिन थ्रो , रिले दौड ४०० मिटर र १६०० मिटर , खेलहरु हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा प्रथम हुनेले राष्ट्रपति सिल र प्रमाणपत्र प्राप्त गर्नेछ भने अन्य प्रतियोगितामा विजयी हुनेले ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

रुन्टिगढी गाउँपालिका वडा ४ को सुर्यदय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेगम बहादुर कवरको अध्यक्षतामा सुरु भएकोको कार्यक्रममा प्रमुख अथिति लुम्बिनी प्रदेश सदस्य जोख बहादुर महारा , विशिष्ट अथिति रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन , निवर्तमान रुन्टिगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा , उपाध्यक्ष सरिता के.सि , ९ वटाका वडा अध्यक्षहरु , सुनिल स्मृति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पवन कवर , रुन्टिगढी गाउँपालिका शिक्षा शाखा प्रमुख अन्जु शर्मा , राजनीतिक दलका प्रतिनिधि , बिद्यालयका शिक्षक , शिक्षिका लगायत विद्यार्थी खेलाडिहरुको उपस्तिथि रहेको थियो ।

Facebook Comments