विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी ) केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ। काठमाडौंको कमलादीमा गत बुधबारदेखि सुरु भइ शुक्रबार ३ दिनसम्म चलेको उक्त बैठकले स्ववियु केन्द्रित लगायका महत्त्वपूर्ण निर्णयहरु गरेको हो ।
बैठकले त्रिभुवन विश्वविद्यालयले गर्ने भनेको आगामी चैत्र ५ गतेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्ने,संगठन लाई सुदृढ र व्यबस्थित गर्ने,क्याम्पस केन्द्रित अभियान संचालन गर्ने,क्याम्पसहरुमा रचनात्मक क्रियाकलाप गर्ने,संगठनलाई जनआधारित संगठन बनाउने ,पार्टी केन्द्रको नीति योजनालाई विद्यार्थी माझ लैजाने ,मेडिकल लुटविरुद्द देशव्यापी आन्दोलन गर्ने,शिक्षा क्षेत्रमा देखिएका समस्याहरू ,विकृति ,विसंगति ,बेथिति विरुद्ध संघर्ष गर्ने साथै राष्ट्रियता ,जनतन्त्र ,जनजिविका,भ्रष्टाचार ,महंगीको सवालमा संघर्ष केन्द्रित गर्ने निर्णय गरेको छ।
बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सीले विद्यार्थी संगठनले पार्टी योजनालाई पकडेर अग्रणी भुमिका निर्वाह गरेकोमा धन्यवाद दिँदै आफुलाई पार्टीले विद्यार्थी संगठनको फ्र्याक्सन इन्चार्जको जिम्मेवारी दिएकाले आफुले अभिभावकीय भूमिका भरपुर तरिकाले निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
एर्को एक प्रसंगमा नेतृ शिलु ले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता हिडिरहेको बाटो सुन्दर र महान भएकाले देश निर्माणको बारेमा सोच्नुपर्ने दायित्व पनि युवा विद्यार्थीकै भएकालेे सोही अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो।
यस्तै अर्को एक प्रसंगमा नेतृ शिलुले समाजवादको स्वास लिएर पुजीवाद बाँचिरहेकाले युवा विद्यार्थीको ताकत र एकीकृत जनक्रान्तिको माध्यमबाट दलाल सत्ताको अन्त्य गरेर देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापना हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो।
साथै आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयले गर्ने स्ववियु निर्वाचनमा बिजय हासिल गर्न जोरदार ढंगले लागेर विद्यार्थीको कलेजदेखि घरसम्म अभियान संचालन गर्न निर्देशन दिनुभयो।
त्यस्तै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले स्ववियु निर्वाचन हुने देशै भरिका क्याम्पसमा पुगेर इकाई कमिटीलाई चुस्त दुरुस्त बनाउन र स्ववियु निर्वाचनमा बिजय हासिल गर्ने गरि तयारी थाल्न निर्देशन दिनुभयो।
साथै अध्यक्ष प्रकाशले उच्च मनोबलका साथ देशै भरी अभियान संचालन गरेर विद्यार्थीहरुमा जागरण पैदा गर्न,राष्ट्रियता ,जनतन्त्र,जनजिविका तथा अहिलेको शिक्षा प्रणालीमा देखिएको समस्या ,हामीले निर्माण गर्न खोजेको बैज्ञानिक समाजवादीका बारेमा विद्यार्थीहरुका बीचमा उजागर गराउनु पर्ने आवस्यकता रहेको बताए।
साथै चैत्र ५ को त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनलाई संघर्षको मोर्चा बनाएर लाग्न निर्देशन दिए।अर्को एक प्रसंगमा पार्टीको नवौं महाधिवेशन र पार्टीको तेस्रो पूर्ण बैठकका निर्णयहरुलाई कडाइ पूर्वक लागु गर्दै पार्टीको योजना स्पिडलाई पकडेर फिल्डमा परिणाम आउने गरि काम गर्न निर्देशन दिए।
बैठकमा संगठनमा संगठनका उपाध्यक्ष नरेन्द्र सीले लामो समयदेखि त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन नभएकाले विश्वविद्यालय तथा क्याम्पसहरुमा विद्यार्थीका एजेन्डा ,मुद्दाहरु ओझेलमा परिरहेको र क्याम्पसहरुमा तमाम समस्याहरू देखिएको भन्दै आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा देशै भरिका त्रिविका आंगिक र सामुदायिक क्याम्पस हरुमा उम्मेदवार खडा गरि बिजय हासिल गर्नु बताए ।
साथै उपाध्यक्ष नरेन्द्रले नयाँ जोस उत्साह उमंगका साथ फिल्डमा परिणाममुखि काम गर्न र पार्टी अपेक्षा अनुसार विद्यार्थी संगठनको दायित्वलाई पुरा गर्न जिम्मेवार भएर लाग्नुपर्ने बताए।
बैठकमा संगठनका महासचिव ललित सीले आगामी चैत्र ५ को स्ववियु निर्वाचनमा भाग लिएर हाम्रा बिचार सिद्धान्त योजनालाई लाखौं विद्यार्थी हरुको बिचमा पुर्याउनु पर्ने आवश्यकता रहेको बताए।
संगठन सचिव प्रकाश सीले स्ववियु निर्वाचनलाई उत्सवको रुपमा लिएर होमिनु पर्ने बताए ।
संगठनका कोषाध्यक्ष प्रीतिमा सीले देशब्यापी क्याम्पसहरुमा व्यापक तयारी गरेर स्ववियु निर्वाचनमा विजय हासिल गर्नुपर्ने अबसर आएको बताइन्।
संगठनले नयाँ संरचना बनाएको छ ।भौगोलिक जिल्ला हरुको २१ वटा व्यूरो र गैरभौगोलिक जिल्ला हरुको ६ वटा ब्यूरो गरि देशभर २७ वटा व्यूरो बनाएर नेताहरुको कार्यक्षेत्र बिभाजन गरेको छ।
संगठनको पाँचौ पूर्ण बैठकले गरेका निर्णयहरु केही दिन पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने संगठनका सचिवालय सदस्य अनिल सीले जानकारी दिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
