• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा चौँथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु हुने 




कमल खड्का
होलेरी, २८ माघ । रोल्पाको रुन्टीगढी गाउँपालिकामा माघ २५ गतेबाट सुरुहुने भनिएको चौँठो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।

माघ २५ गते हुने भनिएको चौंठो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उक्त दिन राष्ट्रिय सभा सदस्यको निर्वाचन परेको हुनाले माघ २८ गतेका दिन सारिएको आयोजकले जानकारी दिएको छ । अघिल्लो वर्ष रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ को महेन्द्र मा.वि. होलेरीमा गरिएको प्रतियोगिता यस वर्ष वडा नम्बर ४ को सूर्योदय मा.वि. मसिनाको प्राङगणमा हुने भएको छ ।

प्रतियोगीताको उदघाटन कार्यक्रम बिहान १० बजेबाट हुने आयोजकले जानकारी दिएको छ । उदघाटन सत्रको प्रमुख अतिथिमा प्रदेश सभा सदस्य जोख बहादुर महरा, बिशिष्ट अतिथीमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन रहनुहुने भएको छ ।

रुन्टीगढी गाउँपालिका आयोजना तथा सूर्योदय मा.वि.मसिनाको सहआयोजनामाल प्रतियोगीता सुरु हुने भएको छ ।

Facebook Comments