• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
१८६ औँ शृङ्खलामा कृति समीक्षा




राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आईरहेको कृति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । परिषद् जिल्ला शाखा दाङको आयोजनामा १८६औँ शृङ्खलामा साहित्यकार नगेन्द्रकुमार आचार्य (नगेन्द्र गुरू)को ‘याद त आइहाल्छ नि’ गजल सङ्ग्रहको समीक्षा गरिएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का निर्वतमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

सो कृति समीक्षा कार्यक्रममा याद त आइहाल्छ नि गजल सङ्ग्रहको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल (स्वर्ण शिखा)ले गर्नु भएको थियो ।

समीक्षा कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी र सष्टा नगेन्द्रकुमार आचार्य (नगेन्द्र गुरू)ले मन्तब्य व्यक्त गर्नु भएको थियो भने उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्मा (नारायण गुरू), प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्र्साद शर्मा, वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक संघ दाङ शाखाका अध्यक्ष डा हिमलाल पन्थी , जिल्ला शाखा दाङका सल्लाहकार डा लोकराज पराजुली, केन्द्रीय कोषाध्यक्ष खेमराज मल्ल, साहित्यकार नरेशजङ राणा, क्षितिज मगर, धनसिङ गिरी, दामोदर पौडेल, गोपाल भुषाल अभिलाषी, सुर्य बिसी, धनश्याम अस्तित्व, गुरूप्रसाद महरा, बसन्त अनुभव, सुवास न्यौपाने, सुरेश पौडेल, मनिराम खनाल, नरेश खनाल, श्रवण नेपाली, बिक्रम वली (नेपाली बावु), मनोज थापा मगर, जिन आजिन, छेतेश रैदास लगायतको उपस्थिति रहेको थियो ।

परिषद् दाङ शाखाका सदस्य विणा रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजिकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

Facebook Comments