महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङका स्वतन्त्र विद्यार्थी समुहले स्ववियु निर्वाचनका लागि आफ्नो घोषणा पत्र क्यूआर कोड मार्फत सार्वजनिक गरिएको छ ।
रचनात्मक काम काे पक्षमा क्याम्पस प्रमुख ले शुभकामना समेत व्यक्त गर्नु भएको थियो।
दलीय राजनीतिक वितृष्णा उत्पन्न भएर केही विद्यार्थीहरुले स्वतन्त्र उमेद्वारी दर्ता गर्ने प्रक्रियामा तिब्र गतिमा अघि बढ्दै त्यसमध्ये उम्मेदवार मध्ये एक अभिषेक विष्ट भन्नुहुन्छ समाज दलीय कित्तामा विखण्डित भइसकेको छ र दलीय राजनीतिको कुरुप अवस्था मा समाज आइपुगेको र सामाजिक रूप मा दलीय कित्ता स्पष्ट छ र यसकै असर विद्यार्थी राजनीति भित्र पनि देखिएको छ ।
समाज भित्र राजनीति व्यवसायिक चरण मा प्रवेश गरेको र राजनीतिक रूप मा सैद्धान्तिक वैचारिक पक्ष कमजोर हुँदै गइरहेको परिस्थिति मा विद्यार्थी शक्ति गलत रूप मा प्रयोग गर्न सकिने सन्त्रास राष्ट्रीय राजनीतिक मञ्च मा देखिएको छ , विद्यार्थी राजनितिक आन्दोलन को नाम मा नारा, जुलुस ,अनावस्यक हडताल, बन्द गरी विद्यार्थी हरु राजनीतिक शक्ति केन्द्र मार्फत लाभ लिन को लागि उत्प्रेरित छन् , यो विक्राल परिस्थिति लाई चिर्नु का लागि समाज रूपान्तरण को शक्तिशाली अंग विद्यार्थी हरु सकरात्मक, रचनात्मक, राष्ट्रिय भावना ले विद्यार्थी हरु ले राजनीतिक रूप मा चासो राख्ने हो भने बल्ल परिवर्तन समृद्धि र चलन चलती शब्द क्रान्ति सफल हुने विश्वास बोकेर निरन्तरता भित्र सफलता सम्भव छ भन्दै स्ववियु मा स्वतंत्र उमेद्वारी दर्ता गराउने प्रक्रिया मा अगाडि बढेका छौं ।
उहाँ भन्नु हुन्छ बिद्यालय समाज भित्र का बौद्धिक वर्गको प्रतिनिधित्व गर्छ र समाज रुपान्तरणमा विद्यार्थीहरूको सकरात्मक, रचनात्मक परिचालन गर्न सकियो भने बल्ल समाज रुपान्तरण हुन्छ र यो हाम्रो भूगोलको सम्बन्धमा महेन्द्र बहुमुखी क्याम्पस विद्यार्थि हरुको भूमिका अतुलनीय छ, र विद्यार्थीहरुलाई आफ्नो कर्तव्य र भूमिका बोध गराउने अभियान मा अगाडि बढेका छौ ।
जीत हारको राजनीति प्रति आफ्नो सरोकार नभएको समेत बताउछन विष्टले ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
