• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाेश्राे खड्का स्मृति भलिबलकाे उपाधि घाेराहीलाई, लमही उपविजेता




घाेराही, २७ माघ । घाेराहीमा जारी दाेश्राे संस्करणको खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबलकाे उपाधि घाेराही उपमहानगरपालिकाले जितेकाे छ । आज भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी लमही नगरपालिकालाई ३-२ काे सेटमा हराउँदै उपाधि हात पारेकाे हाे ।

पहिलाे सेट पराजित भएको घाेराहीले त्यसपछि पुनरागमन गर्दै खेल अाफ्नाे पक्षमा पार्याे । घाेराहीले २५-२७, २५-१६ १९-२५, २५-१२ र
१५-९ काे सेटमा जितेकाे हाे भने लमही नगरपालिका उपविजेतामा सिमित भएको छ। लिग चरणकाे अन्तिम खेलमा पराजयकाे बदला फाईनलमा लिँदै उपाधि उचाल्ने लमहीकाे सपना पूरा हुन सकेन । घाेराही १५ स्थित सहिद मन्चमा हजाराैँ दर्शककाे उपस्थितिमा भएको फाईनल खेलमा दर्शकले खेलकाे भरपूर मजा लिए ।

माघ २० गतेबाट शुरुभएकाे लिग कम नकआउट प्रतियोगितामा जिल्लाका दस वटै पालिकाकाे सहभागीता रहेकाे थियाे ।

यस्तै तेस्रो स्थानका लागि भएको प्रतियोगितामा शान्तिनगर गाउँपालिका विजयी भएको छ । शान्तिनगरले ३-० काे साेझाे सेटमा जित्दै तेश्राे भयाे । शान्तिनगरले २५-१८, २५-९ र २६-२४ काे सेटमा हराएको हाे ।

घोराहीको टीममा कप्तान शरद थापा मगर, विशाल बहादुर बिक, रविन चन्द, विज्ञान थापा, दिनेश थापा मगर, विरेन्द्र थापा मगर, छवि घर्ती मगर, रोहन परियार, विवश वली, दिलकुमार केसी र नरेन्द्र खड्का थिए। रविन र विशाल भलिबलकाे राष्ट्रिय टीममा प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् ।

लमहीको टीममा कप्तान गणेश बुढा, नवीन गाहा, विकास गिरी, तिलक गुरुङ, संजय पुन, दिपेन्द्र कुमाल, सुमित चौधरी, आशाराम चौधरी, खगेन्द्र बिक, विष्णु बस्नेत, ज्ञानेन्द्र बस्नेत र गुमानसिंह गिरी रहेका थिए। लमहीले भने स्थानीय खेलाडीलाई मात्रै सहभागी गराएर खेलमा उत्रिएको थियाे । गत संस्करणको उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको थियो ।
हरेक पालिकाको टीममा दुई जना राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता खेली सकेका खेलाडी समावेश गर्न सकिने प्रावधान अनुसार यो पटक जिल्लाका ३ वटा पालिकाले स्थानीय खेलाडीहरुको क्षमता विकासका लागि ६ जना सहभागी गराएका थिए। जस अनुसार राप्ती गाउँपालिकाले नेपाली भलिबलको राष्ट्रिय टोलीको कप्तानसमेत रहनुभएका मानबहादुर श्रेष्ठ र अर्का खेलाडी धनबहादुर भट्टलाई समावेश गरेको थियो ।
शान्तिनगर गाउँपालिकाले पनि राष्ट्रिय भलिबल खेलाडीहरु रुपबहादुर गुरौँ, कमल गहतराजलाई सहभागी गराएको थियाे ।

दाेश्राे संस्करणको उपाधि जितेको घाेराहीले नगद दुई लाख पच्चीस हजारसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गरेकाे छ। उपविजेता लमहीले एक लाख १२ हजार पाँच सय, तेश्रो हुने शान्तिनगरले ५६ हजार २ सय ५० र सान्त्वना हुने राजपुरले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाएकाे छ भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिएकाे छ ।

जसअनुसार, प्रतियोगिताकाे सर्वाेत्कृष्ट खेलाडीमा घाेराहीका रविन चन्द, उत्कृष्ट सर्बरमा लमहीका दिपेन्द्र कुमाल, लिब्राेमा शान्तिनगरका राजबहादुर खवास, उत्कृष्ट सेटरमा घाेराहीका विज्ञान चाैधरी, उत्कृष्ट स्पाइकरमा लमहीका गणेश बुढाथोकी, उत्कृष्ट ब्लकरमा घाेराहीका विशाल बिक, उत्कृष्ट काेचमा घाेराहीका ओकबहादुर बिकलाई पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा राष्ट्रिय रेफ्री द्रोण चन्द, प्रदेश रेफ्रीहरु भरत कवँर र धनमाया बोहरा रहनुभएको थियाे। कुल १० जना खेल प्राविधिकले प्रतियोगितामा खेल खेलाउने काम गरिरहेका हुन् ।

नेपाल सरकारले राष्ट्रिय खेलका रुपमा घोषणा गरिसकेको भलिबल खेलको विकाससँगै युवाहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने लक्ष्यका साथ दाङ कांग्रेसले स्वर्गीय खुमबहादुर खड्काकाे स्मृतिमा आफ्नै लगानीमा खेलाडीको सबै खर्च व्यहोर्ने गरी प्रतियोगिता आयोजना गर्दै आएको छ । अब आगामी वर्षबाट भने १ कराेडकाे अक्षयकाेष स्थापना गरि संस्थागत रुपमा प्रतियोगिता अायाेजना गर्ने दाङ कांग्रेसका सभापति शंकर डाँगीले जानकारी दिनुभयो ।।

Facebook Comments