काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ। संसद् सचिवालयका अनुसार संयुक्त बैठकलाई उहाँले शुक्रबार अपराह्न ३ बजे सम्बोधन गर्नुहुनेछ।
संविधानको धारा ९५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकमा सम्बोधन गर्नुहुने र राष्ट्रपतिको सम्बोधनपछि सदनले धन्यवाद प्रस्ताव पारित गर्नेछ। त्यसको लगत्तै ५:०० बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय भएको छ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।