नबिन पिएम
सल्यान, २५ माघ । सल्यानको कुमाख गाउँपालिकामा कुमाखस्तरीय पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज बुधबार देखि सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कुमाख गाउँपालिका वडा नं २को नारायण माध्यामिक विद्यालयको प्राङ्गनमा पाचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिताको बुधबार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले गर्नु भएको थियो । यस कार्यक्रमको उदघाटन प्रमुख अतिथि जिल्ला समन्वय समिती सल्यानका उप-प्रमुख आसरविर बुढाथोकीले गर्नु भएको थियो । विशिष्ट अतिथि कुमाख गाउँपालिका नि.वर्तमान अध्यक्ष दिलमाया बुढामगर (गिरि), विशिष्ट अतिथि उपाध्यक्ष लाल बहादुर रावत, विशिष्ट अतिथि गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द, गाउँपालिका वडा अध्यक्षहरु ,विभिन्न राजनितिकदलका प्रतिनिधि, गाउँपालिका विभिन्न शाखाका शाखा प्रमुखहरु, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु ,बिद्यालयका प्रधानाध्यापकहरु, सुरक्षाकर्मी, पत्रकारहरु, बुद्धिजिवि, बिद्यार्थीहरु लगाएत अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो।
प्रतियोगिताको सन्चालन कुमाख गाउँपालिकाको नारायण माध्यामिक विद्यालयका प्रअ देवेन्द्र रावतले गर्नु भएको थियो। प्रतियोगिता आज देखि २८ गते ४ दिन सम्म चल्ने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।