• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डुब्रिङका कृषकलाई ५० प्रतिशत अनुदानमा बिउबिजन वितरण




डुब्रिङ, २४ माघ । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय डुब्रिङले २५० जना कृषकहरूलाई बिउबिजन वितरण गरेको छ । वडा कार्यालयले आज मंगलबार एक कार्यक्रमको आयोजना गरी वडाभित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा तरकारी बिउबिजन वितरण गरेको हो ।

वडाका किसानहरूको मागमा आधारित ५० प्रतिशत अनुदानमा तरकारी बिउबिजन २५० घरपरिवारमा वितरण गरिएको रुन्टीगढी ६ का वडा अध्यक्ष घनबहादुर घर्तीले बताए ।

वडाले तरकारी उत्पादनलाई आय आर्जनको प्रमुख माध्यम बनाएर कृषकहरूलाई स्वरोजगार बनाउने र समाज परिवर्तन गर्न सहयोग पुर्‍याउने उद्देश्यले बिउबिजन वितरण गरिएको वडा अध्यक्ष घर्तीको भनाइ छ ।

कृषकलाई आवश्यक पर्ने टमाटर, खुर्सानी, फूल गोपी र बन्द गोपी ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ ।

 

 

 

Facebook Comments