• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वर्गद्वारी विद्यालयको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न




तुल बहादुर कवँर मगर
भालुवाङ, २४ माघ। राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयको १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम साेमबार विद्यालय परिसरमा सम्पन्न भएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज विष्टको अध्यक्षता ,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा वडा नम्बर एकका वडा अध्यक्ष गेम बहादुर खड्का र गाउँपालिकाकाे शिक्षा ,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष विष्टले विद्यालय शिक्षा सँगसँगै शिक्षकहरुले व्यावहार र संस्कार पनि सिकाउन आवश्यक रहेको कुरा आैल्याउनु भयाे । त्यस्तै उहाँले अहिलेका विद्यार्थीहरुमा देखिएको नैतिक शिक्षाकाे अभाव प्रति चिन्ता समेत व्यक्त गर्नु भएको छ।

कार्यक्रममा भालुवाङ १ निवासी बाबुराम थापाले आफ्नाे छाेराकाे सम्झनामा स्थापना गरेको प्रविन थापा स्मृति अक्ष्यकाेष र तत्कालीन सशस्त्र प्रहरी बल नेपाल ज्वालामाई गण २९ नम्बर हेट क्वाटर भालुवाङका महानिरीक्षक सरद कुमार बस्नेतले स्थपना गरेकाे मीना कर्ण ट्रष्ट अक्ष्यकाेष बाट विद्यायमा अध्यनरत ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियोे।

त्यस्तै उक्त कार्यक्रममा समाजसेवी तथा शिक्षाप्रेमी ठाकुर प्रसाद आचार्यले आफ्नी छाेरी उषा आचार्यको सम्झनामा विद्यालयका प्राध्यानाध्यपक साेविता चाैधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज विष्टलाई पच्चीस हजार रुपैयाँको चेक प्रदान गरि उषा आचार्य अक्ष्यकाेष स्थापना गर्नु भएको थियोे ।

साे अवसरमा विद्यालयले पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, जग्गादाता,अक्ष्यकाेष स्थापनाकर्ता ,विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरू,उत्कृष्ट शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरेएको छ।

विद्यालयकी शिक्षिका सरीता खनालको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर १ का वडाध्यक्ष गेमबहादुर खड्का, शिक्षाप्रेमी ठाकुरप्रसाद आचार्य, सशस्त्र प्रहरी बल २९ नम्बर जिल्ला हेडक्वाटर भालुबाङका गणपति गोपालप्रसाद श्रेष्ठ, शिक्षाप्रेमी बाबुराम थापा, राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बिक, नेपाल राष्ट्रिय मावि भालुवाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर मरासिनी, लिटल एन्जल स्कूलका प्रधानाध्यापक शोभाकर भुसाल, नवप्रतिभा आधारभूत विद्यालय पाखापानीका प्रधानाध्यापक फर्सुराम आचार्य, बिद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष महेशचन्द्र रिजाल लगायतका वक्ताहरूले विद्यालयले शिक्षा प्रदानमा खेलेकाे भूमिकाकाे बारेमा चर्चा गर्नु भएको थियोे ।

कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यपक साेविता चाैधरीले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे भने कार्यक्रमको सञ्चालन शिक्षिका रेमा राना बुढा मगरले गर्नु भएको थियोे ।

Facebook Comments