• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली अस्पताल डाक्टरबिहीन




दाङको बंगलाचुली गाउँपालिका वडा नं. ४ का युनिक खत्रीले केही दिन अगाडि आफन्तलाई लिएर बंगलाचुली वडा नं.३ मा रहेको बंगलाचुली अस्पतालमा लिएर गए । तर, त्यहाँ उपचार पाउन सकेनन् ? कारण थियो, अस्पतालमा डाक्टर नभएर ।

अस्पताल छन्, डाक्टर छैनन्’ उनी मात्रै होइन् बंगलाचुली गाउँपालिका सबै नागरिकको समस्या यस्तै छ । उनीहरूले अहिले पनि सहज रूपले स्वास्थ्य उपचार पाइरहेका छैनन् । सामान्य बिरामीहरु पनि महंगो भाडा तिरेर घोराही आउनुपर्ने बाध्यता रहेको छ ।No description available.

बंगलाचुली गाउँपालिकामा १५ शैंयाको अस्पताल विगत ६ महिनादेखि डाक्टर बिहिन रहेको छ। स्थानीय सरकारले अहिलेसम्म डाक्टरको व्यवस्थापन गर्न नसकेको आम जनताको गुनासो छ। नेपाल सरकारको करोडौंको लगानीमा बनेको भवनभित्र डाक्टर नहुँदा सेवा सुविधा लिन घोराही नै जानूपर्ने बाध्यता रहेको स्थनीयबासीहरुले बताएका छन् ।

बाहिर जनता माझ प्रचारप्रसार गरे जस्तो सेवा सुविधा जनताले नपाएको र भौतिक पुर्वधार मात्र धेरै तर सेवा सुविधा दिने विषयमा स्थानीय सरकार र सम्बन्धित निकायको चासो नहुँदा आम जनताले सास्ती भोग्नु परेको छ । संघीय तथा स्थानीय सरकारको साझेदारीमा १५ शैंयाको अस्पताल बंगलाचुलीमा निर्माण गरिएको छ ।

बंगलाचुली गाउँपालिकाको केन्द्र कमिरेचौरमा गत २०७८ चैत्र ११ गतेका दिन पूर्व सभामुख कृष्णबहादुर महराले बंगलाचुली गाउँपालिकाद्वारा संचालित बंगलाचुली अस्पतालको उद्घाटन गर्नु भएको थियो, तर भदौदेखि उक्त अस्पताल डाक्टर बिहिन भएको छ । भौगोलिक विकटता , अन्य प्राविधिक समस्या र राम्रो सेवा सुबिधा नपाउदा डाक्टर जान मान्दैनन् ।

बंगलाचुली अस्पताल हाल बंगलाचुली गाउँपालिकाको आफ्नै व्यवस्थापनमा संचालनमा रहेको अस्पताल हो । बंगलाचुली गाउँपालिकाले डाक्टर लिन नचाहेको भने होइन् तर गाउँपालिकाले दिन सक्ने सेवा सुविधामा कुनैपनि डाक्टर आउन मानी राखेको छैन् । त्यहि कारण करिब ७ महिनादेखि बंगलचाली अस्पताल डाक्टर बिहिन बनेको हो।

बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीले संघीय र प्रदेश सरकारलाई निवेदन दिएको र डाक्टर मन्त्रालयबाट पठाउँदा पनि ब्यक्तिगत कारण देखाएर  नआएको बताए । उनले अब आफूहरुले छिट्टै गाउँपालिकाबाट विज्ञापन खोलेर डाक्टर राख्ने सिस्ने अनलाइसँगको कुराकानीमा बताए ।

बंगलाचुली गाउँपालिका नेपालमै पालिकास्तरमा १५ शैंयाको अस्पताल संचालन गर्ने पहिलो पालिका समेत हो ।

Facebook Comments