सल्यान, २३ माघ । बंगलादेशको ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा स्वर्ण पदक विजेता पुष्पा भण्डारीलाई सल्यानमा सम्मान गरिएको छ ।
माघको पहिलो साता भएको म्याराथनमा पुष्पाले ४२।१९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक हात पार्नुभएको थियो ।
आइतबार जिल्ला खेलकुद विकास समिति सल्यानले जिल्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमका विच
भण्डारीलाई सम्मान गरेको हो । सल्यान सँगै समग्र नेपालको नाम राख्दै खेलक्षेत्रमा एउटा इतिहास कायम गर्नुभएकी उनलाई थप प्रोत्साहनको लागि सम्मान गरिएको जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग प्रशाद आचार्यले जानकारी दिनुभयो ।
पुृृष्पाले बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ मा पनि स्वर्ण पदक जित्नुभएको थियो भने २०२२ को सोही म्याराथनमा कास्य पदक जित्नुभएको थियो । जिल्लाको शारदा नगरपालिका १४ मालनेटा स्थित स्याला घर भएकी पुष्पाले यसअघि सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि २ घण्टा ५० मिनेट ११ सेकेण्डको राष्ट्रिय कीर्तिमानी राख्नुभएको थियो ।

सम्मान कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल लगाएतको सहभागि रहेको थियो । पुष्पाले विश्व ओलम्पीक सम्म पुग्ने लक्ष्य रहेको बताउनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।