• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान ११ फागुनबाट




कमिरेचौर २३ माघ । सरकारले दाङमा १३ औँ चरणको हात्तिपाईले रोगविरुद्धको आम औषधि सेवन(एमडिए) अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दाङमा आम नागरिकले हात्तिपाईले विरुद्धको औषधी सेवन नगर्दा १३ औँ चरणको अभियान फागुन ११ गतेबाट सुरुहुने भएको छ ।
दाङको बंगलाचुली गाउँपालिका सहित दशैवटा स्थानियतहमा हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियान फागुन ११ गतेबाट सुरु हुने छ । औषधी सेवन सुरु गरेको ६ बर्षमा हात्तीपाईले रोग बिरुद्धको औषधी सेवनले यसको संक्रमणको जोखिम हट्ने भए पनि सबैले औषधी नखाईदिदा १३ औँ चरणको अभियान सुरु गर्नु परेको हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियान कार्यक्रमका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।
सोही अभियान अन्तर्गत आज बंगलाचुली गाउँपालिकामा हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियान कार्यक्रम संचालन सम्वन्धि स्थानियतह स्तरीय योजना तथा बहुनिकाय कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर (शुवास) ले बंगलाचुलीमा हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियान सफल पार्न आफुहरु पूर्णरुपमा लागिपर्ने बताउनु भएको छ । अध्यक्ष पुनले आम नागरिकको स्वास्थ्यमा गाउँपालिका सम्वेदनशिल रहेको र हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गर्ने अभियानलाई सफल पार्न सम्पूर्ण वडाका जनप्रतिनिधि,स्वास्थ्यकर्मी तथा सबैलाई आफ्नो ठाउँबाट काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियानलाई नतिजा देखिनेगरी संचालन गरिने बताउनु भएको छ । उहाँले पालिकाका सबै स्वास्थ्यकर्मीहरुलाई गाउँगाउँमा नतिजा आउनेगरी हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियानमा सहभागी गराउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,वडा नम्वर २ का अध्यक्ष मैते पुन, हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियानका फोकल पर्सन कमल चन्द,स्वाथ्यका लागि सक्षम प्रणालिका शसिदेव शाह,लगाएतले बोल्नुभएको थियो ।
बंगलाचुली गाउँपालिका स्वाथ्य शाखाका दिलबहादुर घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शाखा प्रमुख ईन्द्रा कुमारी घर्तीमगरले गर्नुभएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, विभिन्न शाखाका शाखाप्रमुख लगाएतको सहभागिता रहेको थियो ।बंगलाचुली गाउँपालिकामा ३ जनामा हात्तिपाईले रोगको संक्रमण देखिएको छ ।
बंगलाचुली गाउँपालिका वडा नम्वर ६ मा एकजना पुरुष तथा दुईजना महिलामा हात्तिपाईले रोगको संक्रमण देखिएको छ । बंगलाचुली गाउँपालिकामा यस वर्ष २३ हजार ४ सय ५८ जनालाई हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने लक्षरहेको छ ।
के हो हात्तीपाइले रोग ?
हात्तीपाइले मानिसलाई शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांगता बनाउने एक प्रकारको सर्ने रोग हो । यो रोग मसिनो धागो आकारको जुकाजस्तै फाइलेरिया नामक परजीवीको संक्रमणबाट हुने गर्छ । क्युलेक्स वा एनोफिलिस नामक पोथी लामखुट्टेले टोक्दा फाइलेरिया परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ जसबाट हात्तीपाइले रोग लाग्ने गर्छ । संक्रमित भएको केही वर्षपछि मात्र मानिसमा यसका लक्षण देखिन्छन् ।
लक्षण नदेखिने अवस्था केही मानिसमा हात्तीपाइलेको संक्रमण भए पनि कुनै पनि किसिमको लक्षण देखिँदैन ।
संक्रमित मानिसको रगत नमुना रातिको समयमा लिएर परीक्षण गर्दा परजीवी देखिन सक्छ । सुजन भएको (सुन्निएको) शरीरको अंगमा भिडियो एक्स रे गरेर हेर्दा लिम्फ भेसेल (पत्र वा जालो) फैलिएको तथा वयस्क जुकाका झुप्पा देखिन सक्छन् ।
लक्षण देखिने अवस्था
शरीरका अगंमा सुजन हुनु, सामान्य अवस्थामा सुजन भएको अंगमा थिच्दा वा दबाउँदा थिचिने खालको हुन्छ । तर, हात्तीपाइलेको संक्रमण बढ्दै जाँदा छाला बाक्लो हुँदै गएपछि नथिचिने खालको हुँदै जान्छ ।
• ठूलो खालको सुजन हुने ।
• छालामा पत्र–पत्र हुँदै जान्छ र गाँठागुँठी पलाउँछ ।
• सुन्निएको अंगमा मुसा पलाउन थाल्छ ।
• घाउ आउन थाल्छन् ।
हात्तीपाइले रोगबाट बच्ने तरिका सरकारले रोगप्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने औषधि अभियानमा सहभागी भई वर्षको एकपटक लगातार ६ वर्षसम्म हात्तीपाइलेको औषधि सेवन गर्नुपर्छ । हात्तीपाइले रोगबाट बच्न तिन किसिमका औषधिको प्रयोग गर्नुपर्छ । डाईइठाईल कार्बामाजिन ,अल्बेन्डाजोल र आईवरमेक्टिन, औषधिको प्रयोग गर्नुपर्छ । जुन पूर्ण रूपमा सुरक्षित छन् ।
औषधि कसले नखाने ?
• दुई वर्ष उमेर नपुगेका बच्चा ।
• गर्भवती तथा सात दिन नपुगेका सुत्केरी ।
• सिकिस्त बिरामी भएका तथा कडा रोग, जस्तोः क्यान्सरपीडित ।
• सिकिस्त विरामी तथा छारेरोगी , भएका पाँच वर्षमुनिका बालबालिकाले यो औषधि खानुहुँदैन ।
औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा
खाली पेटमा हात्तीपाइलेको औषधि सेवन गर्नुहुँदैन । शरीरमा हात्तीपाइलेको परजीवी भएका व्यक्तिमा औषधि सेवनपछि पनि सामान्य खालको टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन्छ । यी लक्षण देखिएमा औषधिले प्रभावकारी काम गरेको बुझ्नुपर्छ ।
Facebook Comments