• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सालिक तोडफोडको संयुक्त अनुगमन, विप्लव नेकपाको पहलमा पुनर्निर्माण समिति गठन




घोराही, २३ माघ । दाङको घोरही उपमहानगरपालिका -१४ झिंगौरामा रहेको सहिदका सालिक तोडफोड भएको घटनाको दोस्रो दिन संयुक्त स्थलगत अनुगमन गरिएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्के (राजेश), घोराही-१४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी, नेपाल कम्युनिस्ट पार्टी पुर्बी दाङ जिल्ला इनचार्ज सम्झना सी, सेक्रेटरी जनक सी लगायत जिल्ला प्रहरी प्रमुख सहितको टोलीले संयुक्त रुपमा  आइतबार उक्त घटनाको पूर्ण अनुगमन गरेको हो ।No description available.

सहिदका सालिक तोडफोड गर्ने जो कोही अपराधीलाई कानुनको दायरा ल्याउनुपर्ने र अगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षालाई विशेष ध्यानमा राखेर सहिदको सम्मान गर्दै तत्काल सहिदका मुर्ति बनाउनुपर्ने स्थलगत अनुगमनमा पुगेका संयुक्त टोलीले प्रारम्भिक निष्कर्ष निकालेका थिए ।No description available.

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङ जिल्लाका इन्चार्ज सम्झाना सी, सेक्रेटरी जनक सीले जिल्ला प्रशासन प्रमुख समक्ष पनि सालिक तोडफोड भएको घटना गम्भीर र अपराधिक भएकोले अनुसन्धान तीब्र बनाउन ध्यानाकर्षण गराएका छन् ।

सहिद परिवारको भावनात्मक बिषय सामाजिक संरचना निर्माणको रक्षाको  दायित्व  सबैको भएकोले तुरुन्तै सहिदको सालिक निर्माण प्रक्रिया अगाडि बढाउन भएकाले आइतबार नै सालिक पुर्ननिर्माण समिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङ जिल्लाका इन्चार्ज सम्झाना सीले बताइन् ।

सालिक पुनर्निर्माणका लागि समिति गठन:

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ जिल्लाको पहलमा पूर्व सालिक निर्माण समितिका अध्यक्ष सहदेव थारुकै नेतृत्वमा नौ सदस्यीय पुनर्निर्माण समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा विशाल श्रेष्ठ, सचिवमा घनश्याम चौधरी, कोषाध्यक्षमा राजकुमारी चौधरी, सदस्यहरुमा रेवन्त श्रेष्ठ, कृष्णी श्रेष्ठ, लालबहादुर चौधरी, बसन्ती चौधरी र मणिराम चौधरी रहेको नेकपा इन्चार्ज   सम्झनाले जानकारी दिइन् ।No description available.

त्यसैगरी तोडफोड भएको सालिक पुनर्निर्माणका लागि हालसम्म कुनैपनि आर्थिक व्यवस्थापन नभएकाले आर्थिक पहल गर्न, अनुगमन गर्न र आर्थिक व्यवस्थापन गर्नका लागि ३ सदस्यीय समिति समेत गठन गरिएको छ । जसको समितिमा नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङ जिल्लाकी इन्चार्ज सम्झना सी, घोराही -१४ नम्बरका निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी र निवर्तमान वन सदस्य नैना चौधरी रहेका छन् ।

यो तीन जनाको समितिले सालिक पुनर्निर्माणका लागि आर्थिक व्यवस्थापनका लागि वडा, उपमहानगरपालिका र अन्य सरोकारवाला निकायहरुमा पहल गर्ने भएको छ ।

साथै उक्त समितिले झिंगौरा पार्कमा रहेको सहिका सालिक तोडफोड गर्ने व्यक्ति, समूहको खोजी गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिने र दोषीलाई कारबाहीको माग गर्ने निर्णय गरेको हो ।

घोराही- झिंगौरा स्थित सहिद स्मारक पार्कमा रहेका ओमभक्त चौधरी, पृथ्वी चौधरी, र लौटन चौधरीको सालिक गत शुक्रबारका दिन तोडफोड भएको थियो ।

Facebook Comments