• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
२८ औं जनयुद्ध दिवसमा शुभकामना आदानप्रदान र रक्तदान हुने




नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको आयोजनामा आगामी फागुन १ गते २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान र रक्तदान गर्ने भएको छ ।

जिल्ला समन्वय समितिको हलमा शुभकामना आदानप्रदान र बाहिर प्राङ्गनमा रक्तदान कार्यक्रम राखिएको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो । अन्य राजनीतिक दल, जिल्लास्थित सामाजिक तथा पेशागत संघसंस्थाका प्रमुख÷प्रतिनिधिबिच शुभकामना आदानप्रदान गरिने उहाँले जानकारी दिनुभयो । पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम हुनेछ ।

त्यस्तै रक्तदान गर्न चाहने कार्यकर्ता र शुभेच्छुकहरुलाई त्यसअघि नै पार्टी कार्यालयमा सम्पर्क गर्न सचिव आचार्यले जानकारी दिनुभयो ।

२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन्। २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले संविधानसभाबाट नयाँ संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा जनयुद्धको शुरुवात गरेको थियो। २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि जनयुद्धको औपचारिक रुपमा अन्त्य भएको थियो।
यस्तो थियो जनयुद्धको पहिलो पोष्टर

Facebook Comments