घोराही । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश विशेष शाखा समितिको अध्यक्षमा नरेन्द्र केसी चयन हुनुभएको छ । शाखाको शनिबार घोराहीमा सम्पन्न भेलाले ५५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा ओविन्द्रबहादुर महरा, परिमाण बुढा (क्षितिज) र सचिवमा विनप्रसाद पुन (टार्जनं) सर्वसम्मत चयन हुनुभएको छ ।
माओवादी शब्दलाई प्रिय बनाउन वक्ताहरुले सुझाव दिएका छन् । परिचयसहित रिपोर्टिङ गरेका उनीहरुले माओवादी शब्द सुन्दा पनि अशुद्ध होला जस्तो गर्नुको कारण के हो भनी सोधेका थिए । उनीहरुका अनुसार वर्षौंदेखि माओवादी भएकाहरु पनि आफूलाई चिनाउन लाज मान्छन् । खुलेर माओवादी भन्न नसकेपछि नयाँ मित्रसँग परिचय हुँदैन । त्यसले गर्दा विभिन्न अवसर आउँदा अरुले पाउने गरेका छन् ।
जनयुद्धकालमा एक घर एक कार्यकर्ता भन्ने पार्टीले अहिले पूर्वजनमुक्ति सेना समेत नखोजेको गुनासो गरे । ‘हिजो घरको एकजना हिड्नुपर्छ भनेर घरमै पुगेर निकाल्ने’– उनीहरुले प्रश्न गरे– ‘आज भएका साथी पनि नखोज्ने के कारण हो रु’ उनीहरुका अनुसार जनयुद्धको मोर्चा जितेका ठूला–ठूला कमाण्डर यहीं छन् । सहिद परिवार, घाइते र अपांगता भएकाहरु पनि राप्ती क्षेत्रका धेरै यतै छन् । तिनै अधिकांश जनयुद्धका कार्यकर्ता सम्पर्कविहीन छन् । कसैले पुछ्दैन । उनीहरु चुनावमा अरुका चिन्हमा भोट हाल्न सकेका छैनन् । मेरो पार्टी छ भनेर खुशी हुने अवस्था पनि देख्दैनन् ।
‘कुनाकानीमा बसेका कमरेडहरुलाई खोजेर एकजुट गराउनुस्’– उनीहरुले सुझाव दिदै भने– ‘पेशा व्यवसायमा लागेकालाई पनि उचित भूमिकामा राख्नुस् ।’ उनीहरुका अनुसार सरुवा भई आउने राष्ट्रसेवक कर्मचारीलाई पनि आन्तरिकरुपमा जोड्नुपर्छ । बसाइसरी आएका कमरेडहरुलाई पनि संगठित गराउनुपर्छ । उनीहरुका गुनासा सुनेर उत्साहित बनाउनुपर्छ । चुनावका दिन खोज्ने अरु बेला पुछाइ नगर्दा संगठन भेटिनै छोडे । सक्रियता कम देखेरै घोराही–१४ झिैगोरामा सहिदका शालिक तोडफोड भएको भन्दै सचेत रहन सुझाए ।
केसीको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यमा भएको भेलामा माओवादी शब्दलाई प्रिय बनाउन वक्ताहरुले सुझाव दिएका थिए । माओवादी निकट पत्रकार, बुद्धिजीवी, व्यापारी, पूर्वजनमुक्ति सेना नेपाल, मजदुरलगायत गैरभूगोलका कार्यकर्ताहरुको भेला भएको थियो । उक्त भेलालाई नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने ९सागर०, प्रदेश सदस्य हरिभान पुन ९बरुण०, अरुणकुमार शर्मा, माओवादी केन्द्रका दाङ जिल्ला पार्टी सचिव विश्वराज आचार्यलगायतले प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
