• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छैंठौँ देउखुरी महोत्सव : आज दर्शककाे उर्लियो जनसागर




श्रवण कुमार यादव
देउखुरी, २१ माघ । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ देउखुरीको लमहीकाे अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा जारी छैंठौ देउखुरी कृषि पर्यटक तथा व्यापारिक महोत्सवको आज दशौं दिन शनिबार गायक वद्री पंगिनी र गायिका मन्जु पौडेल आएपछि आज शनिबार महाेत्सवमा झन्डै दश हजार दर्शकहरुकाे जनलहर उर्लिएको थियाे।

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित लाेकदाेहाेरी गायक बद्री पंगेनी आउने भएपछी र आज शनिबार भएकोले महोत्सवमा दर्शकहरुको अत्याधिक भिड रहेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनुभयो ।

अबेर गरि स्टेजमा उक्लेका गायक पंगेनीले एक दर्जन गीत गाएका थिए । उहाको गीत सुनेर दर्शकहरुका आँखा रसाएका थिए ।

मन्जु पौडेल र विजयले पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रात मासञ्ग्री सलाल भन्ने गीतमा दोहोरी खेलेका थिए। अनुप र विजयले स्टेज तल गएरभरपूर्ण मनोरञ्जन दिलाई गित गाएका थिए । त्यस्तै चर्चित मोडेल तथा डान्सर करिष्मा ढकाल, मोडेल विजय पुन, डान्सर सरिता दानकुटी, अस्मिता पुरी, दीपक वर्मा, अनुप बुढा मगरको पनि प्रस्तुति रहेको थियो। महोत्सवको उद्घोषणमा कुशल कार्यक्रम संचालिका मंजु पौडेल हुनुहुन्छ ।

यस्तै भोलि माघ २२ गते चर्चित गायिका प्रीति आले, कृष्ण रेउले, विजय पुन लगायतले प्रस्तुति रहने छ । महोत्सवमा अवलोकन गर्ने दर्शकहरु पनि बढ्न थालेका छन् । सुरुवाती केही दिनहरुमा दर्शकहरूको कम उपस्थिति भएपनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको छ ।

Facebook Comments