• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संघीयताको मर्म अनुसार काम गर्छौं : मुख्यमन्त्री गिरी




दाङ, माघ २१ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार काम गर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ । नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्नेछ ।’

संघीयताको गलत व्याख्या र प्रचार भइरहेको भन्दै मुख्यमन्त्री गिरीले संघीयताको विकल्प खोज्नु परिवर्तन बिरोधी कार्य भएको बताउनुभयो । ‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन् । संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयतामाथि प्रहार गर्ने र गलत प्रचार गर्ने क्रम बढेको छ’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘संघीयता बिरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हीत बिपरितको कार्य हो । यसतर्फ सबै सचेत हुनुपर्दछ ।’

संघीयताले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै मुख्यमन्त्री गिरीले गाउँगाउँसम्म र घरघरसम्म विकास र समृद्धि पु¥याएको बताउनुभयो । ‘संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ । तीनवटै सरकारले जनतालाई अधिकार सम्पन्न बनाउने काम गरेका छन्’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘संघीयताले केही गरेन भन्नेहरुले बुझ्नुपर्ने मुख्य सवाल भनेकै जनताका घरघरसम्म संघीयताले सुविधा पु¥याएको छ । जनतालाई अधिकार सम्पन्न बनाएको छ ।’

लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्री गिरीले आगामी पाँच वर्षभित्र प्रदेशबासीलाई समृद्ध राजधानी हस्तान्तरण गर्ने बताउनुभयो । लुम्बिनीलाई समृद्ध बनाउने धेरै सम्भावना भएको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘हामीसँग धेरै सम्भावनाहरु छन् । चुनौति पनि त्यत्तिकै छन् । चुनौतिका बीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ र समृद्ध प्रदेश निर्माण गर्नेछ ।’

समृद्ध लुम्बिनीको दायित्व प्रदेश सभा र प्रदेश सरकारको काँधमा रहेको भन्दै मुख्यमन्त्री गिरीले आपसी सहयोग र समझदारीमा जन आकांक्षा पुरा गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।

 

पूर्वाधार र कानुनको अभावमा कार्य सञ्चालन थालेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको बताउनुभयो । ‘बितेका पाँचवर्ष संविधान कार्यान्वयनका लागि उपयुक्त रहे । भौतिक पूर्वाधार र कानुनको अभावमा प्रदेश सभाले ७२ वटा कानुन निर्माण गरेको छ । ८४ वटा विधेयक बनेका छन्’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘आगामी दिनमा पनि यो गतिलाई निरन्तररुपमा अगाडि बढाउनुपर्दछ ।’

Facebook Comments