घोराही, २१ माघ । घोराही उप–उपमहानगरपालिका वडा नं. १४ झिगौँरा रहेको सहिदको सालिक तोडफोडप्रति अखिल (क्रान्तिकारी) दाङले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराले आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै घोराही उप–उपमहानगरपालिका वडा नं. १४ झिगौँरा स्थित विर सहिदहरु पृथ्वी चौधरी, ओमभक्त चौधरी र लौटन चौधरीको शालिक मिति २०७९ माघ २० गते तोडफोड भएकोप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
संगठनका संयोजक गिरबहदुर महराले हस्ताक्षरित गरेको विज्ञप्तिमा भनिएको छ – ` दश वर्षे महान जनयुद्दको दौरान देशको आमूल परिवर्तन, सामाजिक रुपान्तरण र न्यायको लागि आफ्नो ज्यानको वलिदानी गर्नु भएका महान सहिदहरुको शालिक तोडफोड गर्नु अराजनैकि एवम अपराधिक गतिविधि हो । तसर्थ शालिक तोडफोड कार्यमा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन हुनका लागि हामी स्थानीय प्रशासनसंग जोडदार माग गर्दछौं ।´ सहिदहरुको शालिक हाम्रो अमूल्य सम्पत्ति हुन तसर्थ पार्कको उचित व्यवस्थापन, पुर्ननिर्माण र पार्कको उचित संरक्षण तत्काल गर्नका लागि सम्वन्धित सवैमा हार्दिक अपिल गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
