• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जन्मदिनमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग




दाङ । जन्मदिन मनाउने आ-आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौरतरिका अनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाईन्छ । कोहीले मठ मन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको पनि छ ।

यस्तो अवसरमा साथीभाइलाई बोलाएर भोजभतेर समेत दिन्छन्।
पछिल्लो समय भने जन्मदिन मनाउने तरिका सामाजिक सेवाको भावनातर्फ मोडिएको छ ।

आफ्नो जन्मदिनको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्रीहरु वितरण गर्ने अपांग र अशक्तलाई सहयोग गर्ने मानव सेवा आश्रमलाई सहयोग गर्ने अनि अस्पतालमा बिरामीलाई फलफूल तथा जुस वितरण गर्ने गरिएको छ ।

यसैक्रममा दाङको तुलसीपुर स्थित गरिमा बहुउद्देश्यीय सहकारी संस्थाको संचालक समितिको सदस्य संगीता आचार्यले जन्मदिनको अवसरमा स्वर्गीय हजुरबुबा निमकान्त आचार्यको सम्झनामा दाङको तुलसीपुर स्थित मानव सेवा आश्रमलाई १० हजार रुपैयाँ सहयोग गरेकी छन् ।

गरिमा बहुउद्देश्यीय सहकारीको संचालक समितिको सदस्य समेत रहेकी आचार्यले जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर आर्थिक सहयोग गरेकी हुन् ।

Facebook Comments