दाङ / राप्ती इन्जिनियरीङ कलेजले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कलेजमा विई सिभिल दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले विइ सिभिल प्रथम सेमेष्टर (१२ औँ ब्याच) मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

स्वागत तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उप—प्रमुख हुमा डिसीले मुलुकमा प्राविधिक शिक्षाको विकासमा कलेजको अहमभुमिका रहेको बताउनुभएको छ ।
प्रमुख अतिथिडिसीले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाई सम्वोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजि क्षेत्रलाई आग्रह गर्नुभएको थियो । विद्यार्थीहरुले गरेको व्यवस्थापन र कलेजको व्यवस्थापनको प्रशंसागर्दै कलेजले स्थानीय, प्रदेश र समग्र राष्ट्रको प्राविधिक विकासको लागि आहम भूमिका पु¥याएको बताउनुभएको थियो । उहाँले अहिलेको अवस्थामा प्राविधिक शिक्षाको आवश्यकता अझ बढीपर्ने भएकोले सबैले राम्रो शिक्षाआर्जन गरी देश विकासको जिम्मा लिन आग्रह गर्नुभएको थियो । नेपालमा रहेको विभिन्न किसिमका विकृतिहरुलाई निराकणगर्दै एक सक्षम, दक्ष जनशाक्तिको रुपमा स्थापित भएर देश विकासमा लाग्न नवआगन्तुक विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।
राप्तीइञ्जिनियरीङ कलेजका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले आफुहरुले यहांका निम्न तथा मध्यम वर्गिय समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा दाङको राप्ती इञ्जिनियरिङ कलेजबाट दिन सकिन्छ भन्ने मान्यताका साथ पन्ध्र बर्ष अघि देखेको प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुदै गरेको स्मरण गनुभयो ।
कार्यक्रमका अध्यक्षता समेत गर्नुभएका डा. गिरीले सिकाईलाई अनुसन्धानमा आधारित शिक्षा पद्धतीको विकासगर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले ‘हाम्रा उत्पादनहरु मुलुकभर फैलिइसकेका छन्, लुम्विनी प्रदेशका आधिकाश प्राविधिक जनशक्ति हाम्रै उत्पादनले सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत रहेकोे बताउनु भएको थियो ।
प्रेस काउन्सिलका नेपालका सदस्य, शरद अधिकारीले सकारात्मक सोचाईको सुरुवातसंगै व्यक्तिले हरेक कार्यहरु संचालन गर्ने क्रममा सबैको सहयोगबाट कलेज संचालनभएको बताउनुभएको थियो । सबैले आफ्नो जिम्मेवारी र कर्तव्यलाई बोध गर्न सके मात्र सफलता प्राप्तगर्न सकिने बताउनुभएको थियो । अहिलेको अवस्थामा प्राविधिक शिक्षाले छिटो छरितो रोजगारी प्राप्तगर्न सकिने भएकोले सबैले मेहनतका साथ लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा कलेजका निर्देशक मधुसुदन बैद्यले देश निर्माणमा शिक्षा अतिआवश्यक पर्ने भएकोले उर्जाशिल, लगनशिल भएर शिक्षाआर्जन गर्न आग्रह गर्नुभएको थियो । सम्पुर्ण विद्यार्थीहरुले आफ्नो, अभिभावकको सपना साकार पार्नमा विद्यार्थी सधै तत्पर हुनु पर्ने बताउनुभएको थियो । राप्ती इञ्जिनियरीङ कलेजका विद्यार्थीहरुको महत्वपुर्ण योगदान हुनुपर्ने भन्दै आफु दक्ष बन्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।
एकेडेमीक कोर्डिनेटर एवं विई सिभिल विभागीय प्रमुख ई. बाबुरामजोशीले कलेज संचालनमा विभिन्न किसिमका नीति नियमहरु रहने भएकोले कलेजले प्रदान गरेको उक्त नियमलाई सहि तरिकाले प्रयोग गर्न सकेमात्र गन्तब्यमा पुुग्न सकिने बताउनुभएको थियो ।
राप्ती इञ्जिनियरिङ कलेजका लेक्चरर डा. खेमराज मल्लले कुनैपनि कार्यहरु संचालन गर्ने क्रममा धैर्यता, सोच विचार गरेर मात्रगर्न आग्रह गर्नुभएको थियो । इञ्जिनियरिङ विषयमा गणित विषय एक प्रकारको जग जस्तै हुने भएकोले इञ्जिनियरिङ शिक्षाले विद्यार्थीहरुको समग्र विकासमा टेवा पु¥याउने बताउनुभएको थियो ।
राप्ती ईञ्जिनियरिङ कलेजका लेक्चरर ई. प्रज्वल आचार्यले इञ्जिनियरिङ शिक्षाको क्षेत्र र महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा विद्यार्थीले कुनै पनिकार्य सञ्चालन गर्ने क्रममा विषय बस्तुुको बारेमाजानकारी राखेर मात्रकार्य गर्न आग्रहगर्नुभएको थियो ।

राप्ती इञ्जिनियरीङ कलेजका प्रिन्सिपल रेशमगिरीले स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरणविई सिभिल दोस्रो सेमेष्टरमा अध्ययनरत रोनिशा खड्का र राजेश्वर नेपालीले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृृतिक कार्यक्रम, गजल, मुक्तक प्रस्तुत गरेका थिए । दुईदिन सम्मचल्ने अभिमुखिकरण तालिममा डा. भीमसेन गिरी, प्रिन्सिपल रेशमगिरी, निर्देशक मधुसुदन बैद्य, ई. विआर जोशी,योग प्रशिक्षक रविन्द्र बस्नेत, ई. रामधन श्रेष्ठलगायतले प्रशिक्षण दिनुहुने छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
