• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण




रोल्पा / रोल्पाको एक बिद्यालयका करिब ७० जना बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गंगादेब गाउँपालिका ५ सामाजसेवी युवा तथा विभिन्न मिडियामा आबद्ध र आफ्नै युटुब च्यानाल फुलबारी दैनिक सञ्चालक भुपेन घर्ति मगरले आफ्नो जन्मदिनको अबसरमा बिहीबार एक कार्यक्रमकाबीच गुराँसेतारा प्राथामिक विद्यालय आरूचौर गंगादेब ५ रोल्पामा अध्ययनरत शिशुदेखि ३ कक्षासम्मका सम्पुर्ण विपन्न गरिव तथा दलित बालबालिकाहरुलाई कापी,कलम अन्य अध्ययन सामग्री वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

विद्यालयमा ६५ जना दलित बिद्यार्थी भाइबहिनीहरु रहेको पनि जनाइको छ। जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकाहरु गुणस्तरीय शिक्षासंग जोड्न आफुले प्रयास गरेको भुपेनले बताए ।

सामाजिक अभियान्ताको काम समेत गरिरहेका घर्तिले आगामि दिनमा त्यो विद्यालयको लागि उनले गर्न सक्ने सहयोग सम्म जनाएका छन् ।

गुराँसेतारा प्राथामिक विद्यालय जिर्ण अवस्था रहेको र त्यो विधालय खोलानालासंग नजिक भएको कारण त्या बच्चाहरुको लागि पनि चिसो अलि धेरै भएको र त्यहा पठनपाठन गर्ने मुनाहरु अलि गरिब स्थिति भएको पनि जनाएका छन् र अबको आगामी दिनमा पनि यस्तै कार्यहरु समाजसेवीको लागि यस्तै कार्य गर्ने उनले जनाएका छन् ।

Facebook Comments