श्रवण कुमार यादव
१९ माघ, देउखुरी। “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ देउखुरीको लमहीकाे अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा जारी छैंठौ देउखुरी कृषि पर्यटक तथा व्यापारिक महोत्सवको आज आठौं दिन विहिबार पशुपति शर्माको गीतमा उपस्थित दर्शकहरु नाच्न थालेपछी महोत्सवमा चहलपहल बढेको थियो।
बहुचर्चित लोक दोहोरी गायक पशुपति शर्माले मलाई अमेरिका नै यहि, डालीमा चील बस्यो, क्यारन माया पर्या छाै, सारंगी र्याई र्याई, छन त म राम्रो छैन लगायत आधा दर्जन गीत गाएर दर्शकहरूलाई मनोरञ्जन दिएका छन् ।
रास्ट्रीय लोक दोहोरी गायक पशुपति शर्मा, चौलेन्द्र पौडेल, घनश्याम रिजाल लगायतका कलाकारहरूको प्रस्तुतीमा रमाउने दर्शकहरूको अरुदिन भन्दा भिड बढि रहेको थियो। आज महोत्सवका सम्पूर्ण अतिथिहरु र कलाकारहरूले स्टेजमा नाचेर रमाइलो गर्दैै साथ दिएका थिए। महोत्सवमा बालकदेखि बृद्ध सम्मका व्यक्तिहरू कलाकारहरूको प्रस्तुतीसँगै रमाएका थिए ।
यस्तै भोली शुक्रबार २० गतेका दिन चर्चित गायिका एलिना चौहान, चर्चित गायक देबेन्द्र बस्नेत , चर्चित गायिका मन्जु पौडेल, गायक तथा मोडेल विजय पुन, डान्सर बर्मा, उद्घोषक अनुप बुढा, सगरमाथा डान्स ग्रुप लगाएतका राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुति रहने महोत्सव व्यवस्थापक बुढाथोकीले बताउनु भयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
