• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा भोलीदेखी प्रदेश स्तरिय बास्केटबल प्रतियोगिता सुरु हुदै




 

दाङ, १९ माघ । दाङमा भोलीदेखी लुम्बिनी प्रदेशस्तरिय बास्केट बल प्रतियोगिता सुरु हुदै छ । जिल्ला बास्केट बल संघ दाङको आयोजनामा भोली विहान ७ बजेदेखी घोराही १८ सालघारीमा खेल सुरु हुदै छ ।

प्रदेशका विभिन्न ठाउँका १० टिमको सहभागिता रहेने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आज संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

प्रतियोगितामा दाङ बास्केटबल एसोशिएसन, रिबोर्न फ्रम असेस सिनियर ए, रिबोर्न फ्रम असेस जुनियर बि, सोल्टी स्क्वाड, देउखुरी वारीयर्स, एभोल्युसन क्लब अफ बुटवल, बुटवल बास्केटबल ए, बुटवल बास्केटबल बि, लुम्बिनी बुद्ध गार्डन ए, लुम्बिनी बुद्ध गार्डेन बि टिमको सहभागीता रहेको छ।No description available.

संघका अध्यक्ष विपिन केसीको अध्यक्षतामा गरिएको पत्रकार सम्मेनमार्फत् खेलमा प्रथम पुरस्कार ३० हजार रुपैयाँका साथै ट्रफि, मेडल र प्रमाण प्रत्र प्रदान गरिने जानकारी दिईएको हो । त्यसैगरि प्रतियोगिताका लागि काठमान्डौदेखी दुई जना रेफ्री पनि बोलाइएको अध्यक्ष केसीले बताउनु भयो।

प्रतियोगितालाई सफल बनाउनका लागि देश तथा विदेशमा रहनुभएका खेलप्रेमी नेपालीहरुबाट एक लाँख ३० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । दुई दिन सम्म चल्ने प्रतियोगिताको समापन आउदो शनिवार बेलुकी गरिने छ । सहभागि टिमका लागी दर्ता शुल्क ३ हजार रुपैयाँ रहेको छ ।

Facebook Comments