• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देश र मेरो बाध्यता !




मनिषा आचार्य
राजनीति भनेको राज्यको नीति हो। राज्यको आकार र सन्चालन राजनीतिकले नै तय गर्छ। राजनीति भनेको समाजमा सकारात्मक सोच ल्याउने परिवर्तन हो। मेरो देशमा अहिलेका पुस्ताले राजनीति भनेको ब्यापार हो, पेट पाल्ने माध्यम हो भन्ने बुझेका छन् ।

आजको युवा भोलिका कर्णधार हुन्, आजको दिनका युवा भोलिको दिनमा सिङ्गो राष्ट्र हाक्ने नेतृत्व हो, डाक्टर, शिक्षक, इन्जिनियर असल नेता हो र देशको रक्षा गर्ने सेना पनि उहीँ नेै हो।

आज देश चल्नुको एउटा मात्र कारण हो, युवा । आफ्नो देशमा केही गर्छु भन्ने आट हुँदाहुँदै पनि आज मेरो देशका युवाहरु हातमा डिग्रीको सर्टिफिकेट बोकेर दैनिक १५ सय नेपाली युवाहरु बिदेश जान बाध्य छन् ।

पढने वाहनामा स्टुडेन्ट भिषा होस वा रोजगारीको लागि होस किन यस्तो ? यस्तो देश हो, नेपालमा गुणस्तरीय शिक्षा प्राप्त गरेपनि सुहाउँदो अवसर उपलब्ध नपाउनु हो।

नेपाली युवा अवसर र कामको खोजिमा ४० देखि ७० लाखसम्म बिदेशीएका छन् । आईएलोको तथ्यांकअनुसार नेपालमा युवा बेरोजगारी दर १९.२ प्रतिशत छ। करिब २६ प्रतिशत युवा एक बर्षभन्दा पनि लामो समय जागिरको खोजिमा हुनछन् भने ४० प्रतिशत युवाहरु वैदेशिक कामदार बनेका छन् । नेपाली युवा जनशक्ति अहिले विभिन्न मुलुकमा कठोर श्रम गर्ने बाध्यता छन् र रेमिटान्सले मुलुकको अर्थतन्त्र चलेको छ ।

मेरो देशमा ८० प्रतिशत भन्दा बढी जनसमुदाय राष्ट्र प्रत्येक बर्ष ३३ अरब १७ करोडको खाद्यान्न नेपाल भित्राउनछ यसको अन्त्य कहिले हुन्छ । मेरो प्रश्न संगै प्रश्न छ । नेपालको प्राकृतिक सम्पदा, जल जमिन जनसंख्यालाई उच्चतम प्रयोग गर्ने हो भने समृद्ध सुखी नेपाल अबश्य पनि बन्ने छ।

 

Facebook Comments