दाङ । आइएमई लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले दाङ घोराहीको ज्ञानसिन्धु उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग बिमा
जागरण तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
आइएमई लाईफका राप्ती एरिया प्रमुख दिपेन्द्र रावतकोे संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका +२ संयोजक तिलक अधिकारी शिक्षक नरेन्द्र केसी, आइएमई लाईफ घोराही शाखा प्रमुख राजेश वली सहित कक्षा ११, १२ का विद्यार्थीहरुको उपस्थिती थियो ।
आइएमई लाईफका राप्ती एरिया प्रमुख दिपेन्द्र रावत तथा घोराही शाखा प्रमुख राजेश वलीे विद्यार्थीहरुलाई बीमा सम्बन्धी आधारभुत जानकारी दिएका थिए । छलफलका क्रममा विद्यार्थीहरुले जीवन बीमाको बारेमा अनविज्ञता व्यक्त गरेका थिए । सहभागी विद्यार्थीहरुले जीवन बीमा,
निर्जीवन बीमा, पशु बीमा लगायतका विषयमा प्रश्न गरेका थिए ।
साथै सहभागि बिद्यार्थीहरुले गाँउघरमा मानिसहरु सामान्य बिमा सम्बन्धि ज्ञान
पाउनबाट बन्चीत भएको बताएका थिए ।
बिमा जागरण कार्यक्रमले बिद्यार्थीको ज्ञानलाई थप उचाई पर्याउने भएकाले यस्ता खालका कार्यक्रमको निरन्तरताका लागि जोड दिन संयोजक अधिकारी आग्रह गरेका गर्नुभएको थियो । विद्यार्थीहरुका बीमा प्रतिको जिज्ञासालाई आइएमई लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका प्रतिनिधिहरुले मेटाएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
