• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पामा लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता हुँदै




रोल्पामा परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता २०७९ हुने भएको छ ।

आईटीएफ तेक्वान्दो खेलसँगै “पर्यटनको विकास सबैको चाहना, परिवर्तन गाउँपालिकाको समृद्धि हाम्रो कामना” भन्ने मुल नाराका साथ रोल्पा आईटीएफ तेक्वान्दो संघको आयोजना तथा परिवर्तन गाउँपालिकाको मुख्य प्रायोजनमा माघ २२ गते देखि २४ गतेसम्म परिवर्तन गाउँपालिक ५ पुतलाचौर राङ्कोट रोल्पामा परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता २०७९ हुने भएको हो ।No description available.

प्रतियोगितालाई सभ्य,भव्य रूपमा सफल बनाउनका लागि सम्पुर्ण राजनीति दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, खेलप्रेमी मानुभाब, बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकार, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, मयुर नाच, पैसेरु नाच, आमा समूह, विभिन्न झाँकी समूहलाई उपस्थिति भइदिन समेत रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाँठामगरले आग्रह गरे ।

साथै प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुन मगर (सिजल)को प्रमुख आतिथ्यता र परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर(थमन)र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचीव जय प्रकाश भट्टराईको विशिष्ट आतिथ्यता लगायत अन्य अतिथीहरुको आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिने रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघका सचीव कृष्ण बाँठामगरले जानकारी दिए ।

Facebook Comments